धनगढी – तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम गाेल्ड कपकाे उपाधीका लागि शनिवार घरेलु फुटबलका चीर प्रतिद्दन्द्दी थ्रीस्टार क्लब र नेपाल पुलिस क्बल भिड्दैछन । राजधानीमा सम्पन्न शहिद स्मारक ए डिभिजन लिगमा टिठ लाग्दाे प्रदर्शनबाट गुज्ग्रीएका दुबै टिमलाइ उपाधिले राहत भने दिने छ ।
पुलिसका कप्तान विक्रम धिमालले याेजाना अनुसार खेल्दै उपाधि जित्ने बताए । ’ हामीले यहाँसम्म आइपुग्दा आफ्नो योजना अनुसार खेलेका छौं । फाइनलमा पनि त्यसलाई निरन्तरता दिंदै उपाधि जित्ने लक्ष्य राखेका छौं, ’ उनले भने । पुलिसकै प्रशिक्षक अनन्त थापाले अनन्त थापाले मोफसलको सर्वा्धिक धनराशीको प्रतियोगिताको फाइनल पुग्दा टोली हौसिएको बताए । ’लिगमा अपेक्षित प्रदर्शन हुन सकेन । अहिले मोफसलको सर्वा्धिक धनराशीको पुरस्कार रहेको प्रतियोगितामा फाइनल यात्रा तय गर्दा पुरै टोलीको मनोबल बढेको छ । फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेछौं ।’
थ्री स्टारका कप्तान विक्रम लामाले अपेक्षा गरेअनुसार नतिजा हासिल गरिरहेको बताए । ’ लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेको थिएन ।
मोफसलमा हामीले राम्रो सुरुवात गर्ने लक्ष्य राखेका थियौं । यस प्रतियोगितालाई हामीले शिक्षाको रुपमा लिएका छौं । अब फाइनलमा उपाधि जितेर सुखद सुरुवात गर्न तत्पर छौं,’ उनले भने ।
प्रशिक्षक उज्ज्वल मानन्धरले विपक्षी भन्दा बढी मिहिनेत गरेर उपाधि जित्ने बताए । ’फाइनल पुगेका छौं । लक्ष्य भनेको उपाधि जित्ने नै हो । विपक्षी टोलीभन्दा बढी मिहिनेत गर्दै नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं,’ उनले थपे । थ्री स्टारका व्यवस्थापक मुसकेश नकर्मीले
पनि राम्रो प्रदर्शन भइरहेकाले उपाधि जित्नेमा आशावादी रहेको बताए ।
शनिबार धनगढी रंगशालामा हुसने प्रतियोगिताको फाइनल विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख रुपैयाँमा चित्त
बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ हरेकले १५ हजार
रुपैयाँ प्राप्त गर्नेछन्







प्रतिक्रिया लेख्नुहोस्:-