Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्तर कोरियाली उच्च सैन्य अधिकारी अमेरिकामा 

माघ ४, २०७५ २:३७ मा प्रकाशित
उत्तर कोरियाली उच्च सैन्य अधिकारी अमेरिकामा 

फाइल तस्वीर

Share on FacebookShare on Twitter

वासिङटन ।  उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ लाग्नु भएको छ ।

उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल किम योङ चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिनुहुन्छ । उहाँ उत्तर कोरियाली नेता किम जोङ उनको विश्वास पात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी हुनुहुन्छ ।

उत्तर कोरियाली सैन्य अधिकारीको रुपमा भएको यो अमेरिकी भ्रमणलाई एक दुर्लभ भ्रमणका रुपमा लिइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ् उनबीच आगामी केही समयभित्रै द्विपक्षीय शिखर वार्ता हुने बताइएको छ ।

उहाँहरुबीच हुन लागेको दोस्रो शिखर वार्ताको तयारीको साथै कोरियाली प्रायद्वीपमा निःशसस्त्रिकरण र दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि उत्तर कोरियाली उच्च अधिकारीको वासिङ्टन भ्रमण हुन लागेको बताइएको छ ।

चोलले शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गर्ने बताइएको छ । चोल र पोम्पेओबीचको भेटवार्ताको समयतालिका भने दिइएको छैन ।

पोम्पेओले बिहानको खानाको लागि किमलाई निम्ता गर्नुभएको र यसपछि दुवैजना ह्वाइट हाउसतर्फ जाने बताइएको छ । किमको गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो ।

किम जोङ उनले नयाँ वर्षको शुभकामनाको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएपछि पुनःसम्बन्धका नयाँपन आएको थियो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताका विषयमा पत्रमा चर्चा गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो चरणको वार्ता निकट भविष्यमा हुन लागेको बताइएको छ ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो ।

सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर वार्ता हुने भनिएको भएपनि अहिले सम्म आयोजना हुन सकिरहेको छैन । तर अमेरिकी सञ्चारमाध्यमहरुले जर्नेल चोलको यो भ्रमणपछि दुई देशबीचको आगामी शिखर वार्ताको मिति तय हुने अनुमान गरेका छन् ।
(रासस÷एएफपी)

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result