Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रिय महिला फुटबल टिमका खेलाडीलाई  मासिक तलबभत्ता दिने एन्फाकाे निर्णय 

माघ ५, २०७५ १२:२८ मा प्रकाशित
राष्ट्रिय महिला फुटबल टिमका खेलाडीलाई  मासिक तलबभत्ता दिने एन्फाकाे निर्णय 
Share on FacebookShare on Twitter

काठमाडौँ, ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यले मासिक तलबभत्ता पाउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को हालै बसेको कार्यसमिति बैठकले महिला टोलीलाई मासिक रु सात हजार तलब र रु तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यसअघि राष्ट्रिय महिला टोलीले तलब र भत्ता पाउने गरेका थिएनन् ।

एन्फाले ओलम्पिक महिला फुटबलका लागि एशियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय टोलीलाई नगदसहित सम्मानित गर्ने निर्णयसमेत गरेको छ । एन्फाको कार्यसमिति बैठकले महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजारबाट सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

म्यान्मामा गत कात्तिकमा सम्पन्न पहिलो चरणको एशिया छनोटबाट नेपालले दोस्रो चरणका लागि स्थान पक्का गरेको थियो । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । यो नेपाली महिला फुटबलको ऐतिहासिक सफलता हो ।

यस्तै एन्फाले एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली टोलीलाई जनही रु २५ हजारबाट सम्मान गर्ने निर्णय गरेको छ । गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले भारत र पाकिस्तानलाई पराजित गर्दै उपविजेताका रुपमा दोस्रो चरणमा प्रवेश गरेको थियो ।

जुडो खेलाडी फर्किन्

टोकियो ओलम्पिकको छनोटको तयारीका लागि जापानमा प्रशिक्षणरत जुडो खेलाडी फुपु ल्हामु खत्री प्रशिक्षणबीचमै छाडेर स्वदेश फर्किएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा जुडोमा नेपाललाई स्वर्ण दिलाएकी फुपूलाई सम्भावना भएको खेलाडीका रुपमा छनोट गर्दै नेपाल ओलम्पिक कमिटीले वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको थियो ।

गत वर्ष भएको साउथ एशियन जुडो च्याम्पियनशिपलगत्तै ओलम्पिक तयारीका लागि जापानमा प्रशिक्षण गर्न गएकी खत्री सम्बन्धित निकायलाई थाहै नदिइ केही दिनअघि स्वदेश फर्किएकी हुन् । उनले करीब आठ महीना जापानमा प्रशिक्षण गरिन् ।

नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले सम्बन्धित खेल सङ्घ र ओलम्पिक कमिटीलाई जानकारी नै नदिएर फुपू नेपाल फर्किएको जानकारी दिनुभयो । प्रशिक्षणका लागि जापान पुगेलगत्तै फुपू घाइते भएको र प्रशिक्षण गर्न नसकेर स्वदेश फर्केको आफूले जानकारी पाएको उहाँले बताउनुभयो ।

रासस

तस्वीर साैजन्य गाेल नेपाल डट कम 
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result