काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यवृद्धि भएपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ ।
यस्तै हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १०६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धनका मूल्य प्रति किलोलिटर १०० रुपैयाँ वृद्धि गरेर ९९५ रुपैयाँ अमेरिकी डलर कायम गर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगत केही वर्षदेखि नेपाल आयल निगमले स्वचालित मूल्य समायोजन गर्ने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि भारतले त्यही अनुसारको मूल्य सूचि पठाउने गरेकको छ । नेपालको आफ्नै रिफाइनरी प्लान्ट नभएकाले भारतबाट आयात गर्ने गरिएको छ ।
क्
प्रतिक्रिया लेख्नुहोस्:-