काठमाडौँ । राष्ट्रियसभाको साेमवारकाे दोस्रो बैठकसमेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको पहिलो बैठक अवरुद्ध गरेको काँग्रेसले दोस्रो बैठकमा समेत अवरोध जारी राखेको हो ।
दोस्रो बैठक शुरु हुने बित्तिकै काँग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाई आशन ग्रहण गर्न पटकपटक आग्रह गरे । अध्यक्षको आग्रहलाई काँग्रेसका सांसदले अस्वीकार गरेपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक यही माघ १४ गते ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरे ।







प्रतिक्रिया लेख्नुहोस्:-