काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोंगले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत सोंगले शनिबार ट्विटरमार्फत् यस्तो जानकारी दिएका हुन् ।
भेटमा दुई देश तथा पार्टीबीचको आपसी सम्बन्धका बारेमा छलफल भएको राजदूत सोंगले उल्लेख गरेका छन् । ‘जनवरी २० तारिख, मैले नेपाली काँग्रसका अध्यक्ष सम्माननीय शेरबहादुर देउवासँग भेटघाट गरेको छु । हामीले दुई देश तथा दुई पार्टीबीचका सम्बन्धका बारेमा गहिरो विचार आदानप्रदान गरेका छौँ,’ उनले लेखेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-