Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

माघ ९, २०७५ १:०८ मा प्रकाशित
डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला
Share on FacebookShare on Twitter

 तीर्थ भट्टराई

डाभोस, (स्वीटजरल्याण्ड) ।  विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ ।

माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका छन् । यतिबेला, करीब ११ हजार मात्र जनसङ्ख्या बसोबास गर्ने डाभोस क्लोस्टर्स शहरका होटल विश्वभरका आगन्तुकले भरिएका छन् ।

मञ्चका संस्थापक तथा वर्तमान अध्यक्ष क्लाउस स्वाबले विश्वभरबाट भेला भएका करीब १०० देशका तीन हजार प्रतिनिधिलाई स्वागत गर्दै विश्वले सामना गरिरहेका प्रतिकूल परिस्थतिलाई मिलेर समाधान काम गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर, गरीबी निवारण तथा बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि सबैले योगदान गर्नुपर्ने बताउनुभयो ।

स्विट्जरल्याण्डका राष्ट्रपति उइली माउररले डाभोस मञ्चले कुनै भेदभाव नगरी सबैको आपसी सहयोगबाट विश्वका समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सो सत्रमा माइक्रोसफ्ट कम्पनीका कार्यकारी प्रमुख सत्य नाडेल्लालगायत विश्वलाई नै प्रतिनिधित्व गर्ने सार्वजनिक क्षेत्रका चर्चित र सफल युवाले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । उनीहरुले स्थानीयकरणले नै विश्वव्यापीकरणलाई सघाउने बताएका थिए ।

सत्रको सहअध्यक्षता गर्ने युवा बसिमा अब्दुलरहमान, हुआँ डेभिड अरिस्टीजवाल, नूरा बेरुवा, जुलिया लुस्कोम्बे, मोहम्मद हसन मोहमुद, सत्य नाडेल्ला र अकिरा साकानोले आफ्ना सफलता र आफ्नो क्षेत्रबाट के कसरी योगदान गरी विश्वको मुहार फेर्न सकिन्छ भन्नेबारे आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रथमपटक प्रधानमन्त्रीस्तरमा यस मञ्चमा सहभागी हुनुभएको छ । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत उपस्थित हुनुहुन्थ्यो ।

सम्मेलन स्थलमा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका पूर्व राष्ट्रपति अलाइन बर्सेटसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच यसअघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा पनि भेट भएको पूर्व राष्ट्रपतिले सम्झना गर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले ‘दक्षिण एशिया ः एक रणनीतिक दृष्टि’ शीर्षकको परिसंवाद कार्यक्रममा वक्ताका रुपमा भाग लिनुभएको थियो । नेपालको द्वन्द्वपछिको अवस्थामा शान्ति प्रक्रिया हुँदै संविधान निर्माण गरी कसरी मुलुक परिवर्तन र समृद्धिको बाटोमा अघि बढिरहेको छ भनी सञ्चालक पान्गेस्तुले सोध्दा प्रधानमन्त्री ओलीले वार्ताबाट द्वन्द्व समाधान गरेको र नेपालमा संविधान जारीपछि कानूनी संरचना निर्माण गरेर दुई छिमेकी देश चीन तथा भारतलगायत सार्क राष्ट्रसँग मजबुत सम्बन्ध निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढेको बताउनुभयो ।

त्यसअघि प्रधानमन्त्री ओलीले जर्मनीका ‘डिडब्लु टिभी’ तथा चीनको ‘सिसिटिभी’लाई अन्तर्वार्ता दिँदै नेपालको विद्यमान विकास प्राथमिकता, आर्थिक वृद्धि तथा समृद्धिका लक्ष्य प्राप्त गर्न अपनाइएका नीति र कार्यक्रमका विषयमा जानकारी दिनुभएको थियो ।

हिजै साँझ प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य प्राध्यापक क्लाउस स्वाबले सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा दिनुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो ।

यसैबीच, अर्थमन्त्री डा खतिवडाले अङ्कटाडका पदाधिकारीसँगको छलफलमा भाग लिनुभएको थियो । सो अवसरमा विकासोन्मुख मुलुकमा वैदेशिक लगानी घटेकामा आफूले चिन्ता व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । लगानी प्रक्रियालाई परिवर्तन गर्नुपर्ने र स्थानीय जनतालाई पनि शेयरमा सहभागी गराएर अपनत्व भएपछि मात्र कुनै पनि परियोजना सफल हुने आफूले बताएको राससलाई जानकारी दिनुभयो । यसका लागि नयाँ ढाँचा आवश्यक पर्ने र सरकारी, निजी तथा दातृ निकायसँगै बसेर गर्न सक्ने उहाँले बताउनुभयो । सो अवसरमा अङ्कटाडका वरिष्ठ निर्देशक जेम्स झानले भाग लिनुभएको थियो ।

मङ्गलबार नै परराष्ट्र सचिव शङ्करदास वैरागीले स्विस सङ्घीय परिषद्का मन्त्री पास्कल बाएरिस्विलसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

अत्यन्त चिसो भए पनि सबैतिर हिउँले ढाकिएको वातावरणले डाभोसको सुन्दरतालाई अझ बढाएको छ । स्वयंसेवक र सुरक्षाकर्मीले अत्यन्त चुस्तरुपमा यस बृहत् भेलालाई व्यवस्थित गरिरहेका छन् । सम्भ्रान्तको क्लब पनि भनिने यस भेलामा चीनबाट पनि प्रतिनिधित्व हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यहाँको वातावरण अत्यन्त चिसो भएकाले हिउँ पर्ने तर पग्लन पनि नसकी थुप्रिने भएकाले जताततै हिउँको थुप्रोले सुन्दर आकृति पनि देखिन्छन् । प्रत्येक रुखले पनि हिउँकै भारी बोकेका छन् । सडक सञ्चालन गर्न नुन प्रयोग गरिने गरेको बताइन्छ । सडकमा भने खासै हिउँ देखिँदैन ।

रासस
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result