Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गोर्खा मुगलयुद्धको २५६ वर्ष : मकवानपुरगढी विजयोत्सव

माघ ९, २०७५ १:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

रिपेश दाहाल

हेटौँडा ।  गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन आज नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो ।

इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा सबैभन्दा बढी एक हजार ७०० शत्रु मारिएको दिन हो । २५६ वर्षअघि भएको सो युद्ध नै नेपाल(गोरखा)को विदेशीबीच भएको युद्ध हो । माघ १० गते बिहीबार विजयोत्सव मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पटकको विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि निम्तो दिइएको छ । मकवानपुरगढी देशका सय पर्यटकीय गन्तव्यमध्येको एक पनि हो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इं र नेपाली सेनाको सुपारेटार ब्यारेकका कर्नेल अनिल बुढाथोकीलगायतको टोली व्यस्त छ ।

पहिलो विजयोत्सव मनाउन पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित थिए । गुरगिन खाँको नेतृत्वमा रहेको मुगल सम्राट् मिरकासिमको फौज पराजित भएपछि उत्साहित बनेका पृथ्वीनारायण उत्सवमा सहभागी हुन मकवानपुर पुगेको आफूले हजुरबुबामार्फत सुनेको मकवानपुरका ९८ वर्षीय उमाकान्त आचार्य बताउनुहुन्छ । त्यसबेलादेखि नै घोषित तथा अघोषित रुपमा विजयोत्सव मनाउन थालिए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालिएको भने केही वर्ष मात्रै भएको गढी संरक्षण र व्यवस्थापनमा लामो समय बिताउनुभएका बद्री खतिवडाले बताउनुभयो । नेपालका गढी र तिनको ऐतिहासिकताको अध्ययन गर्नुभएका केदार न्यौपानेका अनुसार देशभरिका २०० गढीमध्ये मकवानपुरगढीको इतिहास निकै लामो र महत्वपूर्ण छ । मकवानपुरगढी सामान्य गढी मात्र नभएर विशाल मकवानपुरको दरबार पनि हो ।

न्यौपानेले पाल्पाका राजा मणिमुकुन्द सेनले नै आफूलाई मकवानी राजाको सन्तान भएको जिकिर गरेकाले मकवानपुर पुरानो राज्य भएको र पछि राजधानीलाई पाल्पामा सारेको हुन सक्ने बताउनुभयो । पछि विसं १६२२ मा पाल्पाबाट प्रशासक भएर आएका लोहाङ सेनले गढीको विस्तार गरी मकवानपुर राज्यको पुनःनिर्माण र विस्तार गरेका थिए ।

प्रा दिनेशराज पन्तले मकवानपुरगढीका बारेमा लेख्नुभएको एक लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । हेमकर्ण सेनका छोरा दिग्बन्धनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो भएन । हेमकर्णले कन्यादानका समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहादुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए ।

पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धनसँग झगडा प¥यो र पृथ्वीनारायण फर्केका थिए । पृथ्वीनारायणलाई सासू अर्थात् हेमकर्ण सेनकी रानीले निकै चोट पु¥याउने गरी भनेको वंशावलीअनुसार थाहा पाउन सकिन्छ । पृथ्वीनारायण राज्य विस्तारमा थप उत्साहित हुँदै गोर्खा फर्केका थिए ।
उनलाई मकवानपुर घटनाबाट हीनताबोध वा ग्लानि हैन नेपाल एकीकरण गर्ने प्रेरणा प्राप्त भएको वंशावलीबाट थाहा पाउन सकिन्छ । पृथ्वीनारायणले मकवानपुरमा हमला गर्ने विचार गर्नाको अर्को कारण नेपाल खाल्डोलाई नाकाबन्दी गरेर गलाउने र गोर्खामा मिलाउने पृथ्वीनारायणको रणनीतिलाई मकवानपुरले चुनौती दिएको थियो ।

नाकाबन्दी गर्दा मकवानपुरले व्यापार गर्न नपाउँदा मकवानपुरमा नकारात्मक प्रभाव पर्ने देखेर पनि मकवानपुरले गोर्खालाई सहयोग गरेन । त्यसमा पनि पृथ्वीनारायण र दिगबन्धनबीच सम्बन्ध पनि खासै राम्रो थिएन । त्यसपछि भने पृथ्वीनारायण मकवानपुर कुनै पनि हालतमा जित्नुपर्छ भनी सैनिक परिचालन गर्ने निर्णयमा पुगे । विसं १८१९ मा शुरप्रताप शाहको नेतृत्वमा एक हजार १०० गोर्खाली सेना मकवानपुर पठाइयो ।

शुरप्रतापसँगै महोद्दामकीर्ति शाह, दलमर्दन शाह, रणरूद्र शाह, नन्दु शाह, काजी वंशराज पाण्डे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वको गार्खाली सेनाले मकवानपुरमाथि आक्रमण ग¥यो । इतिहासका जानकार न्यौपानेका अनुसार मकवानपुरका राजा दिगबन्धन तथा मन्त्री कनकसिंह बानियाँले परिवारलाई सुरक्षित ठाउँमा पठाइसकेका थिए ।

कतिपय सक्षम लडाकु पनि उनीहरुको सुरक्षामा लगाइएकाले मकवानपुरे सेना कमजोर थियो तापनि मकवानपुरे सेनाले बहादुरीसाथ लडे र ५०० जनाको ज्यान गुमाउँदै मकवानपुरले लडाइँ हा¥यो । लडाइँ हारिने डरले राजा दिगबन्धन तथा मन्त्री कनकसिंह भागेर हरिहरपुरगढीतर्फ लागिसकेका थिए । आठ घण्टाको सङ्घर्षपछि मकवानपुरमा गोर्खाले कब्जा जमायो ।

काठमाडौँ उपत्यकाको दक्षिणमा पर्ने रणनीतिक महत्वको स्थान रहेकाले उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले आक्रमण गरेको थियो । विसं १८१९ भदौ ९ गते मकवानपुर पृथ्वीनारायणको अधिकारमा आएको थियो । विसं १८१९ असोजसम्ममा मकवानपुरका अरू ससाना स्वशासित क्षेत्र पनि पृथ्वीनारायणको कब्जामा आयो ।

आफ्नो राज्य गुमेपछि मकवानीहरु बङ्गालका नवाब मिरकासिमको शरणमा गए । मिरकासिम अङ्ग्रेजसँग रुष्ट भएर पहाडी प्रदेशमा कब्जा जमाएर आफू बलियो बन्ने ताकमा थिए । त्यसैले दुवैथरिको कुरो मिल्यो । न्यौपानेका अनुसार अङ्ग्रेजसँग लड्नका लागि तयार परिएको तीन हजार सैनिक तथा अत्याधुनिक हातहतियारको परीक्षणसमेत हुने ठानेर विसं १८१९ पुस २७ गते गुरगिन खाँको नेतृत्वमा रहेको मिरकासिमको फौजले मकवानपुरमा हमला ग¥यो ।

लडाइँ जितेर काठमाडौँ छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बङ्गाली फौजको थियो । मकवानपुरमा आएको त्यस मुसलमानी फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालीम गर्न पायो । माघ १० गते सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण ग¥यो । न्यौपानेका अनुसार ४०० गोर्खालीले तीन हजार फौजको मिरकासिमको सेनामा हाहाकार मच्चाए ।

बङ्गाली सेनाका हजाराँै बन्दूकबाट निस्केका गोलीले ३० गोर्खाली मारिए । विसं १८१९ माघ १० गते भएको त्यस युद्धमा बङ्गालका तीन हजारमध्ये एक हजार ७०० सेना मारिए । त्यस लडाइँमा गोर्खालीको हार भएको भए नेपालको एकीकरण सम्भव हुँदैनथ्यो । सो जीतपछि गोर्खाली सेनाले मिरकासिमका फौजबाट ५०० भन्दा धेरै राइफल र दुई तोप हात पारेर चार गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाया ।

केही समयपछि पुरानो गोरखगुल्मसमेत स्थापना गर्न सफल भयो । नेपाली सेना व्यवस्थित गर्ने अवसर मिल्यो । लामो समयदेखि मकवानपुरगढीको इतिहासको अध्ययन र अनुसन्धान गर्नुभएका बद्री खतिवडाका अनुसार सो युद्धमा मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाहको नेतृत्वमा ४०० सैनिक थिए । पछि पृथ्वीनारायणले थप ८०० सेनासमेत पठाएका थिए तर उनीहरु आइपुग्नुअगाडि लडाइँ सकिएको थियो ।
रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result