काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले सोमबार पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिए । अध्यक्ष नेपालले सङ्गठनले नेपालमा रहेका मुस्लिम समुदायका अवस्था तथा उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-