धनगढी । अजोड इन्सुरेन्स लिमिटेडलेआगामी माघ २६ गतेबाट धनगढीमासुरु हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग(डीपिएलमा) क्रिकेट प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याचगर्ने खेलाडीलाई दशहजार प्रदानगर्ने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी(डिसिए) र अजोडका बीच बिहीबार भएको सम्झौताअनुसार कम्पनीप्रतियोगिताको अफिसियलइन्सुरेन्स पार्टनर समेत बनेको छ।
सम्झौतामा डिसिएका अध्यक्ष सुवाशशाही र अजोडका प्रमुखकार्यकारी अधिकृतले कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका थिए।सम्झौताअनुसार अजोडले प्रतियोगिताका खेलाडी, दर्शक तथाअफिसियलहरुको बिमागर्नेछ।
‘हामीले पहिलोपटक प्रतियोगिता सँग जोडिएका छौं,’ अजोडका प्रमुखकार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भने, ‘खेलाडी, अफिसियल तथा दर्शकको बिमासँगै हामीले छक्का प्रहार गर्ने खेलाडीलाई दशहजार रुपैयाँ पनि दिने भएका छौं।’ सम्झौता अनुसार प्रतियोगिताका प्रत्येक खेलमा पहिलो छक्का क्याचगर्ने दर्शकले १० हजार पाउँनेछन्। क्याच एक–दुई हात दुबैको मान्यहुने आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले बताए।
प्रतियोगिता आउन आधा महिना बाँकी रहँदा ८० प्रतिशत तयारीको काम सकिएको आयोजकले जनाएको छ। डिपिएललाई बुधबारमात्रै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले मान्यतादिएको थियो। देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यवसायिक बनाएको डीपिएलको ६ वटै टोलीलाई दुई जना अनिवार्य व्यवसायिक खेलाडी राख्नुपर्ने प्रावधान छ। अन्तर्राष्ट्रिय खेलाडी ल्याउनपनि आइसिसीको मान्यताआवश्यक पर्छ।
रुस्लान डीपीएलको तेस्रो संस्करण अनुमानितलागत ५ करोड रुपैयाँको लागतमा फाप्ला क्रिकेट मैदानमा हुदैछ। जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसीअत्तरिया, विराटनगर किंग्स, रुपेन्देहीच्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन्।
६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशीगरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्। टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेता सँग फाइनल प्रवेशको लागि खेल्नेछ।







प्रतिक्रिया लेख्नुहोस्:-