Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मन्त्रिपरिषद्काे निर्णय : विश्व बैंकमा शेयर थप, नेपालको मताधिकार रहने

माघ १०, २०७५ १:२४ मा प्रकाशित
मन्त्रिपरिषद्काे निर्णय : विश्व बैंकमा शेयर थप,  नेपालको मताधिकार रहने

laxLaf/ g]kfn ;/sf/ dlGqkl/ifbaf6 ePsf lg0f{ox? kqsf/ ;Dd]ngdf ;fj{hlgs ub}{ ;~rf/ tyf ;"rgf k|ljlwdGqL uf]s'nk|;fb af:sf]6f . t:jL/ M rGb|snf If]qL, /f;;

Share on FacebookShare on Twitter

 

काठमाडौँ ।  नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास कोषको ३०९ कित्ता शेयर थप खरीदको निर्णय गरी आफ्नो मताधिकार सुरक्षित गरेको छ ।

मन्त्रिपरिषद्को यही माघ ३ गतेका प्रमुख निर्णय बिहिवार सिंहदरबारमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैंकमा हाल नेपालको एक हजार ४०५ कित्ता रहेकामा थप शेयर खरीद गरेपछि एक हजार ७१४ कित्ता भई नेपालको मताधिकार रहने जानकारी दिए ।

यस्तै युरोपेली सङ्घ डेलिगेशन टु नेपालको प्राविधिक सहायता (अनुदान) १९ लाख ९६ हजार १९९ युरो स्वीकार गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले बताए ।  उक्त सहयोगले १५ नगरपालिकाको क्षमता अभिवृद्धि र भाौतिक विकास हुनेछ ।

साउदी कोषको पुनःनिर्माण सहयोग 

पुनःनिर्माणका लागि साउदी कोषसँग ऋण सहायता प्राप्तिका लागि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी अख्तियारी दिने निर्णय भएको छ । सो कोषले दुई करोड अमेरिकी डलर एक प्रतिशत सहुलियत ब्याजमा २५ वर्षका लागि उपलब्ध गराउनेछ । बैठकले महाभियोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

यसैगरी गोरखकाली रबर उद्योग लिलाई वैकल्पिक व्यवस्था गर्न हालका कर्मचारीलाई अनिवार्य अवकाश दिने र कारखानाको व्यवस्थापन गर्न निर्णय गर्ने, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकबाट डा रोभसकुसम सुवेदीले दिएको राजीनामा स्वीकृत गर्ने, नेपाल–भारत वाणिज्य सन्धि २००९ को पुनरवलोकनसम्बन्धी दोस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैँजुको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै अफ्रिकन स्वाइन फिभर रोग सार्न सक्ने वस्तुको पैठारीमा प्रतिबन्ध लगाउने, नुवाकोट जिल्लाको दुप्चेश्वरमा भएको दुर्घटनाका घाइते भएकाको उपचार सरकारी खर्चमा गराउने, क्षेत्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र गोदामघरलाई प्रदेशस्तरमा रूपान्तरण गरी सञ्चालन गर्ने, नेपाल र ओमान सरकारबीच कूटनीतिक तथा सरकारी÷विशेष÷सेवा राहदानी वाहकलाई एक अर्को मुलुकमा भ्रमण गर्दा प्रवेशाज्ञा छुट दिने सम्झौता स्वीकृत गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

स्थानीय सेवाको सुविधा कानून 

बैठकले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको महाप्रबन्धकमा ठैव, ललितपुरका ज्ञानेश्वर कार्कीलाई नियुक्त गर्ने, रक्सौल–अमलेखगन्ज भूमिगत पेट्रोलियम पाइपलाइन बिच्छाउने कार्यका लागि आवश्यक रुख हटाउन अनुमति दिने, स्थानीय सेवाको गठन, सञ्चालन, व्यवस्थापन, सेवाका शर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड निर्धारण गर्ने गरी सङ्घीय कानून तर्जुमा प्रक्रिया अगाडि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।

विशिष्ट श्रेणीका कर्मचारीको समायोजन 

सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणी वा सोसरहका सरकारी कर्मचारीको समायोजन गर्ने निर्णय गरेको छ । त्यस्तै विदेशी नियोगलाई नेपालमा जग्गा उपलब्ध गराउने निर्णय गरिएको छ । त्यसरी उपलब्ध हुने जग्गाबारे मापदण्ड पनि स्वीकृत भएको छ ।

बैठकले भाषा आयोगका सदस्यमा उषा हमाल (सुर्खेत) लाई नियुक्त गरेको छ । विगतको सशस्त्र द्वन्द्वका क्रममा घाइते, अपाङ्गता भएका, स्थानीयस्तरमा औषधोपचार हुन नसकी वीर अस्पताललगायतमा औषधोपचार गराएका बडाभैरव–१० दैलेखका नरवीर दमाईँ, मेल्लमणि–७ कालीकोटका समन दर्जी, तातोपानी–५, जुम्लाका वीरबहादुर परियारलगायत ४४ जनालाई औषधि, आतेजाते, होटलबास र कुरुवा खर्चसमेतका लागि खर्च भएको रु १० लाख गृह मन्त्रालयलाई शोधभर्नावापत उपलब्ध गराउने निर्णय गरिएको सरकारका तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result