काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले निरु थापाको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेकाे छ ।
भारतको उडिसा राज्यमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि शुक्रवार २३ सदस्यीय महिला फुटबल टोलीको घोषणा गरिएको हो । गोलकिपरमा अञ्जना रानामगर, उषा नाथ र एञ्जिला सुब्बा, डिफेन्डरमा हीरा भुजेल, गीता राना, पुनम मगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पूजा राना र मनमाया लिम्बु, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मञ्जलीकुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र अनिता केसी तथा फरवार्डमा अनु लामा, रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारीलाई टोलीमा समावेश गरिएको छ । टिमकाे मुख्य प्रशिक्षक हरि खड्का रहेका छन ।
उडिसाको भूवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म आयोजना हुने सो प्रतियोगितामा नेपालसहित भारत, म्यान्मा र श्रीलङ्काले खेल्नेछन् । छनोट भएका २३ खेलाडीबाट २० सदस्यीय महिला टोलीको छनोट गरिने छ।







प्रतिक्रिया लेख्नुहोस्:-