काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपाल र भारतबीचको सीमा विवाद वार्ताबाटै टुंगो लगाउनुपर्ने बताएका छन्।नेता पौडेलले बुधबार राजधानीमा भएको एक साक्षात्कारमा पूर्वमन्त्रीसमेत रहेका भारतसँग भएको सीमा विवादलगायतका मुद्दा सहमतिमा टुंगोमा पुर्याउनुपर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रो बीचमा सांस्कृतिक सम्बन्ध छ। यो सांस्कृतिक सम्बन्धलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ। धार्मिक सम्बन्ध पनि प्रगाढ छ। आर्थिक रूपमा त्यस्तै सम्बन्ध छ। व्यापार‚ पारवहन सम्बन्ध छ। सामाजिक रूपमा पनि हाम्रो सम्बन्ध राम्रो छ। नक्शाको विषय उठेको छ। हामी नजिक छौं, समस्या पनि छन्। भारतसँग नजिक भएकोले सीमा विवाद उठेको छ। यसलाई अब वार्ता, सहमति र सम्वादको माध्यमबाट हल गर्नुपर्छ। नयाँ प्रकारले सम्बन्ध अघि बढाउनुपर्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-