Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ तुल्याउने प्रयत्नमा नेपाललाई सफलता

माघ १२, २०७५ १:१४ मा प्रकाशित
Share on FacebookShare on Twitter

–शरच्चन्द्र भण्डारी

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको पाँच दिवसीय स्वीट्जरल्याण्ड भ्रमण देशको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ तुल्याउन सफल भएको छ । विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष प्राध्यापक क्लाउस स्वाबको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै डाभोस भएको मञ्चको ४९ औँ वार्षिक बैठकमा प्रधानमन्त्रीले नेपालको सामाजिक–आर्थिक विकास प्रयास र प्राथमिकता प्रस्तुत गरेर राष्ट्रको छवि उजिल्याउनुभयो ।

नेपालले हासिल गरेका प्रमुख राजनीतिक उपलब्धिबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने अवसर मात्र प्राप्त भएन नीतिगत स्पष्टता र राजनीतिक स्थिरताले सामाजिक तथा आर्थिक विकासका लागि अनुकूल वातावरणको सुनिश्चितता गरेकाले निर्धक्क भएर लगानी गर्न उद्यमी व्यवसायीलाई सन्देश प्रवाह गर्न प्रधानमन्त्री ओलीको भ्रमण फलदायी रहेको मान्नुपर्छ ।

मञ्चको बैठकमा प्रधानमन्त्रीले दक्षिण एशिया प्रकृति, सभ्यता, संस्कृति र जनसाङ्खिक लाभांशको हिसाबले समृद्ध रहेको र अबको अनुकूल वातावरणमा आर्थिक विकासको प्रचुर सम्भावना रहेको यथार्थ विश्व समुदायलाई सुनाउँदै नेपालको विकास प्रयासमा क्षेत्रीय सहयोगको आवश्यकता र महत्व दर्शाएर व्यापार, लगानी र सम्पर्क सञ्जालको क्षेत्रमा गहिरो र व्यापक सहयोगका निम्ति पैरवी गर्नुले राष्ट्रिय हित प्रवद्र्धनमा टेवा पुगेको छ ।

लोकतन्त्रको सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, ‘प्रेस’ स्वतन्त्रतताको रक्षा, विधिको शासन प्रवद्र्धन, मानवअधिकारको संरक्षण, पारदर्शीता, जवाफदेहिता र सुशासनप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको सुष्पष्ट अभिव्यक्ति दिएर अन्तर्राष्ट्रिय समुदायका आशङ्का र जिज्ञासा मेट्न पनि भ्रमण सफल भएको छ ।

वातावरण संरक्षणमा नेपालको उच्च पर्वत तथा वनजङ्गलको योगदानबारे छलफल गर्नुका साथै वातावरण संरक्षण, जलवायु परिवर्तनका नकारात्मक असर, सामाजिक आर्थिक विकासका योजना तर्जुमा गर्दा मानव तथा पृथ्वीको भविष्यलाई केन्द्रमा राख्नुपर्ने विषयलाई प्रधानमन्त्री ओलीले जोडदाररुपमा उठाएर वातावरणीय सन्तुलन कायम गर्न तथा हरितगृह ग्यास उत्सर्जनमा कुनै भूमिका नभएको नेपालप्रति विकसित देशबाट सक्दो सहयोग हुनुपर्ने राष्ट्रिय माग मुखरित हुनुलाई सफल भ्रमण भन्नैपर्छ ।

विश्व आर्थिक मञ्चमा सहभागी हुन डाभोसमा एकत्रित हुनुभएका विश्वका राजनीतिक, आर्थिक र वाणिज्यसम्बन्धी नेताहरूलाई नेपालको विकास नीति, योजना तथा प्राथमिकताबारे अवगत गराउन भ्रमण फलदायी रह्योभने नेपालको राजनीतिक, सामाजिक, आर्थिक विकासमा वर्तमान सरकारका दृष्टिकोणलाई विश्व आर्थिक मञ्चजस्तो प्रभावशाली अन्तर्राष्ट्रिय मञ्चमा सुस्पष्ट ढङ्गले प्रस्तुत गर्ने अवसरको भरपूर उपयोग भयो ।

सङ्घीय गणतन्त्र जर्मनीको प्रख्यात टेलिभिजन ‘च्यानल’ डचेवेले र चिनियाँ टेलिभिजन सिजिटीएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीले आर्थिक वृद्धि र समृद्धिको लक्ष्य हासिल गर्न नेपाल सरकारका विकासका प्राथमिकता, नीति तथा कार्यक्रमबारे जानकारी गराएर नेपाल लगानीका निम्ति उपयुक्त गन्तव्य बनेको सन्देश प्रवाह गर्नुले आर्थिक उन्नयनको अबको हाम्रो यात्रामा अन्तर्राष्ट्रिय सहयोग जुटाउन मद्दत पुगेको छ । साथै नेपालको प्रचारप्रसार र बजारीकरणमा पनि भरथेग भएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य परराष्ट्र र अर्थमन्त्रीले मञ्चका अन्य समानान्तर बैठकमा परम्परागत वैदेशिक प्रत्यक्ष लगानीको ढाँचाले अब प्रभावकारी हुन नसक्ने र वित्तीय तथा जोखिम साझेदारी गर्ने नविनतम वित्तीयगरिब मुलुकहरूमा वित्तीय खाडल पूरा गर्न आवश्यक रहेको अभिव्यक्ति तथा दिगो विकास लक्ष्यलाई साझा दायित्वको रुपमा सन् २०३० मा हासिल गर्न पूर्वाधार विकास केन्द्रित वैदेशिक लगानीको अपरिहार्यतामा नेपालको अभिमत प्रकट हुनुलाई सकारात्मक मान्नुपर्छ ।

समूह–२० का नेता तथा प्रमुख व्यापारिक नेताहरूसँग विश्व व्यापारको विविध पक्षमा प्रधानमन्त्रीले गर्नुभएको छलफलले नेपालजस्तो अतिकम विकसित तथा भूपरिवेष्टित राष्ट्रको चासो र हितलाई प्रवद्र्धन एवं संरक्षणमा बल मिल्यो भने नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई पुनःजागृत गर्नुपर्नेमा जोड दिएर अल्पविकसित देशका विकासका चाहना अन्तर्राष्ट्रि जगत्मा प्रवाह गर्न सफलता प्राप्त भयो ।

नेपालको अद्वितीय शान्ति प्रक्रिया तथा नेपालले अवलम्बन गरेको सङ्घीय शासन प्रणाली तथा राष्ट्रिय विकासको दृष्टिकोण, नेपालको परराष्ट्र नीति, दक्षिण एशियामा क्षेत्रीय सहयोग र बहुपक्षीयतासम्बन्धी नेपालको अवधारणा विश्व समुदायसमक्ष प्रधानमन्त्रीको तहमा प्रस्तुत हुँदा नेपालको गौरव र गरिमा वृद्धिमा योगदान पुगेको छ । यसले नेपालप्रतिको विश्वसनीयता पनि वृद्धि गरेको छ । प्रधानमन्त्रीको यो भ्रमणबाट आगामी दिनमा नेपालमा लगानी भित्र्याउन, ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्न तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सुमधुर सम्बन्धलाई अझ प्रवद्र्धन गर्न मद्दत पुगेको छ ।

रासस
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो
ट्रेन्डिंग न्यूज्

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result