Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सप्तरीमा महिलाको रहस्यमय मृत्यु, हत्या गरी आत्महत्या देखाउन रूखमा झुण्ड्याइएको माइती पक्षकाे आरोप

माघ १३, २०७५ २:५५ मा प्रकाशित
Share on FacebookShare on Twitter

सप्तरी ।  सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीकी २५ वर्षीया ललितादेवी साहको रहस्यमय मृत्यु भएको छ । आँपको रूखमा झुण्डी मृत्यु भएको अवस्थामा शनिबार फेला परेपछि उनका माइती पक्षले हत्या गरी आत्महत्या देखाउन रूखमा झुण्ड्याइएको आरोप लगाएका छन् । घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको ललिताको शवको घाँटीमा पासोको नीलडामबाहेक अन्य चोटपटक नदेखिएको तर परिवारका सदस्य फरार भएकाले शङ्कास्पद रहेको बताए ।

घटनापछि मृतकका श्रीमान् शङ्कर साह, देवर राजकुमार साह र ससुरा रामदेव साह फरार छन् । शवपरीक्षणबाट धेरै कुरा स्पष्ट हुने र अनुसन्धानमा सहयोग पुग्ने बताउनुभएका प्रहरी निरक्षक बस्यालले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो । मृतककी बहिनी बन्दना साहले श्रीमान्सहित घरपरिवारका सदस्यहरुले नै हत्या गरेर झुण्ड्याएको आरोप लगाउनुभयो । शव र घटनास्थलको अवस्था हेर्ने जो कसैले हत्यापछि रूखमा झुण्ड्याएको भन्न सक्ने मृतकका दाजु विनोदकुमार साहको दाबी छ ।

यसअघि पनि ललितामाथि कुटपिट हुने गरेको कुरा उनी माइत आएका बेला सुनाउने गरेको विनोदले बताउनुभयो । शवपरीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको मृतक ललिताको नाक, मुखबाट रगत बगेको, आँखा, टाउको, छातीमा चोटपटक लागेको देखिएको भन्दै डा कल्पना साहले फोरेन्सिक जाँचका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्नुभएको छ । शवलाई शवपरीक्षणका लागि आज साँझ धरानस्थित प्रतिष्ठान लगिएको छ ।

शङ्करका मामा सोही ठाउँका इन्द्रदेव साहले घटनास्थल पुगेको प्रहरीसहितको टोलीले आत्महत्या नै भएको भने पनि माइती पक्षले हत्या गरेको भनेर आरोप लगाउन थालेपछि मृतकका श्रीमान् डरले फरार भएको बताउनुभयो । सामाजिक परम्पराअनुसार १४ वर्षअघि विवाहिता ललिताका दुई छोरा छन् ।

रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result