काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुभेच्छुकहरुले राष्ट्रपतिमा आफ्नो नाम पनि चर्चा चलाएको बताएका छन् ।
उनले शनिबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताएका हुन् ।
‘सकेसम्म सरकार निर्माण लगायत सबै विषयमा यो ५ वर्ष राष्ट्रिय सहमति गरेर जाऔं । नभए कमसेकम देशको अभिभावकको रुपमा परिकल्पना गरिएको राष्ट्रपति चाहिँ सबैको सहमतिमा बनाऔ।भन्ने बहस चलिरहेको छ । त्यसमा कहाँ गएर कुन व्यक्तित्वमा सहमति बन्छ अहिले भन्न सकिँदैन’ उनले भने ।
राष्ट्रपतिमा तपाईंको पनि नाम आएको छ नि भन्ने पत्रकारको प्रश्नमा भट्टराईले शुभेच्छुकहरुले नाम लिएको बताए ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-