काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले भेटवार्ता गरेकी छिन् ।
देउवालाई भेट्न उपविदेशमन्त्री न्युल्याण्ड सोमबार देउवा निवास धुम्बाराही पुगेकी थिइन्। सभापति देउवाले भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल ट्विटरमार्फ साझा गरेका छन्।
भेटवार्ताका क्रममा उनले नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास र सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल गरेको जानकारी दिएका छन्।
त्यस्तै उनले नेपाललाई अमेरिकाले निरन्तर गर्दै आएको सहयोग उच्च मूल्यवान् रहेको भन्दै निरन्तर सहयोगका लागि धन्यवाद दिएको बताएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-