इटहरी । मनाङ मर्याङ्दी क्बल इटहरीमा जारी मदन भण्डारी गाेल्ड कपकाे फाइनलमा पुगेकाे छ । बिहिवारकाे खेलमा नेपाल पुलिस क्बललाइ एक शुन्यले हराउदै मनाङ उपाधि नजिक पुगेकाे हाे । मनाङले अब उपाधिका लागि फाइनलमा त्रिभुवन आर्मी क्बल सँग खेल्ने छ ।
प्रतिस्पर्धात्मक सेमीफाइनलकाे नतिजा मनाङकाे पक्षमा पार्ने क्रममा उसका विदेशी खेलाडी अफीज ओलाओलेकाे गाेल निर्णायक बन्याे । ४२ औ मिनेटमा अफीज गाेल गर्न सफल भएका थिए । उनी नै खेलकाे म्यान अफ दि म्याच हुदै दश हजार रूपैया पाए ।
अब मनाङ र आर्मी बीचकाे फाइनल खेल शनिवार हुने छ । राष्ट्रिय जागृती युवा क्बलद्वारा आयाेजित प्रतियाेगिताकाे विजेताले १६ लाख पाउने छ ।
तस्वीर : साैजन्य गाेल नेपाल डट कम








प्रतिक्रिया लेख्नुहोस्:-