काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रलाइ सफासुग्गर गर्न निर्देशन दिएका छन् ।
मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् । उनले पशुपति क्षेत्र र यहाँका शौचालय असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर सफा गर्न आग्रह गरे ।
‘एक महिनामा सफा पशुपति पवित्र पशुपति नाराका साथ पशुपति क्षेत्र सफा हुनुपर्छ । एक महिनाभित्र सफा गर्नु भनेको छु । आकाश झार्नु भनेको छैन । आकाश झार्नु भनेको भए कुतर्क भयो । सफा गरौं पशुपतिलाई जसरी पशुपतिप्रति मानिसहरुले जस्तो मानसिकता बनाएर आएको हुन्छ त्यो भन्दा बढी आकर्षित गर्नुपर्छ’ उनले भने ।
मन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषको कामको पनि आलोचना गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-