काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो।
कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको बताए।
राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो।
प्रतिक्रिया लेख्नुहोस्:-