काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । आइतबार ट्वीट गर्दै थापाले गाडी जलाउने कामकाे विराेध गरेका हुन् । सरकार बिरूद्दकाे आन्दोलनका क्रममा नेविसंघका कार्यकर्ताले सरकारी गाडी नियन्त्रणमा लिदै आगाे लगाएका थिए ।
नेता थापाले सरकारी गाडी जलाउनु गलत मात्र नभएर निन्दनीय भएकाे र त्यसलाइ निरूत्तसाहित बनाउन डटेर लाग्ने घाेषणा पनि गरेका छन् ।
थापाले ट्वीटरमा लेखेका छन्, ‘ नेविसंघका नाममा केही “विद्यार्थीले” सरकारी गाडी जलाएकाेमा तपाइकाे धारणा के हाे, भनेर थुप्रै साथीहरूकाे प्रश्न रहेछ । किन्तु, परन्तु, केही नलगाइ मेराे उत्तर ; त्याे कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्ताे कामलाइ निरूत्साहित गर्न म डटेर लाग्नेछु ।”
नेविसंघका केही कार्यकर्ताले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए । यस्तै काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्यालको गाडी नियन्त्रणमा लिएका थिए । यसैगरी सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिवको गाडी पनि उनीहरुले नियन्त्रणमा लिएका थिए । सरकारी कर्मचारीहरुले सार्वजनिक विदाको दिन सम्बन्धित कार्यालयबाट पास लिएर मात्र सरकारी गाडी चलाउनुपर्ने व्यवस्था छ ।







प्रतिक्रिया लेख्नुहोस्:-