काठमाडौं । आहा रारा पोखरा गोल्डकपको च्याम्पियनको उपाघि त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३(० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो ।
यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न सकेको थिएन । आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक(एक गोल गरे । जिलेस्पीले खेलको ३८औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए ।
आर्मीका फत्तेमान घलेले खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए ।
च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पार्यो ।







प्रतिक्रिया लेख्नुहोस्:-