Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नागरिकता विधेयकमा दफावार छलफल समाप्त

माघ २१, २०७५ १२:४९ मा प्रकाशित
अङ्गीकृत नागरिकता लिने बढ्दै
Share on FacebookShare on Twitter

 

काठमाडौँ ।  नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधयेकमाथि संशोधनसहितको दफावार छलफल साेमवार सकिएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले समितिमा उठेका र संशोधनकर्ताले उठाएका सहमति भएका विषयलाई समेटेर विधेयक परिमार्जनको प्रस्ताव दुई दिनभित्र प्रस्तुत गर्न गृह मन्त्रालय र समितिको सचिवालयलाई निर्देशन दिएको छ ।

उक्त समितिमा यही माघ १० गतेदेखि संशोधनकर्तासँग विधेयकका बारेमा छलफल र बहस हुँदै आएको थियो । उक्त विधेयकमाथि २३ समूहमा रहेर ५९ सांसदले १०२ वटा संशोधन दर्ता गराउनुभएको थियो । विधेयकमा सहमति कायम हुन बाँकी अरु विषयलाई भने समिति आफैँले टुङ्ग्याएर अघि बढ्ने सो अवसरमा जानकारी दिइयो ।

समितिको आजको बैठकमा सूचना प्रविधिको उच्चतम् प्रयोग गरेर नागरिकताको अभिलेख राख्ने, गैरकानूनीरुपमा लिएको तथा गैरनेपालीले प्राप्त गरेको नागरिकता खारेजीका लागि अधिकार प्रत्यायोजन गर्ने विषयमा गहन र विस्तृतरुपमा छलफल भएको थियो ।

बैठकमा कानूनविपरीत झुटो विवरण दिएर नागरिकता लिने तथा गैरनेपालीले नागरिकता लिएको खण्डमा उसलाई तोकिनुपर्ने दण्ड सजायका बारेमा पनि व्यापक छलफल भयो । विदेशी नागरिकले अङ्गीकृत नागरिकता पाउने तर नेपाली नागरिक चाहिँ साना–मसिना त्रुटिका कारण जेल जानुपर्ने अवस्था आउन दिन नहुनेतर्फ सोच विचारका साथ दूरदर्शी निर्णयको खाँचो अाैल्याइएको थियो ।

नियतवश झुटा विवरण उल्लेख गरेर लिने नागरिकता र विभिन्न कारणले त्रुटि भएको विषयलाई एकैखाले दण्ड सजायको व्यवस्था हुन नहुनेतर्फ पनि उहाँहरुले सरकार र समितिको ध्यानाकर्षण गराउनुभएको थियो । गैरकानूनीरुपमा लिएको नागरिकता खारेजी गर्ने अधिकार नेपाल सरकार मन्त्रिपरिषद्मा निहित भएपनि सरकारले विगतदेखि नै गृह मन्त्रालयलाई अधिकार प्रत्यायोजन गरेको विषय पनि कानूनसम्मत नरहेको बैठकमा सांसदहरुले उठाउनुभएको थियो ।

बैठकमा वंशजको नागरिकता पतिको नामबाट होइन, आमा र बाबुको नामबाट प्राप्त गर्ने प्रवधानलाई सहज तुल्याउने विषयमा सदस्यबीच मतैक्यता भएको थियो । समितिका सभापति शशी श्रेष्ठले बद्नियतपूर्ण उद्देश्य राखेर लिएको तथा केही सामान्य लापरवाहीका कारण विवरण फरक परी त्रुटि हुन पुगेको नागरिकता लिने व्यक्तिलाई एकैखाले दण्ड र जरिवाना गर्ने व्यवस्था हुनु हुन्न भन्नुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले बैठकमा सहमति भएका विषयलाई सचिवालयसँग मिलेर त्यसबाट पर्न सक्ने प्रभावबारे कानूनका विज्ञसँग छलफल गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नागरिकता लिन उमेर पुगेका कुनै पनि नेपाली नागरिकलाई सहजरुपमा नागरिकताको प्रमाणपत्र लिने र गैरनेपालीले नागरिकता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था मिलाउने ध्येयले सरकारले अघि बढाएको विधेयकमा राष्ट्रिय हित र सदस्यको भावनाअनुसार परिमार्जन गरेर अघि बढाइनेछ भन्नुभयो ।
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result