Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा

माघ २२, २०७५ १२:४८ मा प्रकाशित
पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा
Share on FacebookShare on Twitter

 

– रमेश लम्साल

काठमाडौँ ।  लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ ।

कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका बारेमा छलफल गरेको हो ।

कतारबाट फर्केपछि आज रासससँग कुरा गर्दै प्रवक्ता वाग्लेले निर्माणमा जान सक्ने तयारीमा रहेको परियोजनाका रुपमा पश्चिम सेती आयोजनाको विषयमा छलफल भएको जानकारी दिनुभयो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको सो आयोजना निर्माण जान सक्ने अवस्थामा रहेको बारेमा बोर्डले सो कम्पनीका प्रतिनिधिलाई जानकारी गराएको प्रवक्ता वाग्लेको भनाइ छ ।

“पश्चिम सेतीका बारेमा उहाँहरु इच्छुक हुनुहुन्छ, तर थप छलफल र आवश्यक प्रक्रिया भने निरन्तर संवादपछि मात्रै अगाडि बढ्नेछ,” उहाँले भन्नुभयो । सो आयोजनाको कूल लागत एक खर्ब ५० अर्ब जति हुने अनुमान गरिएको छ ।

आयोजनाका बारेमा प्रारम्भिक रुपमा भएका द्विपक्षीय वार्ता सकारात्मक रहेको भन्दै थप प्रक्रिया अगाडि बढाइने बोर्डको तयारी छ । कूल ७५० मेगावाट क्षमताको सो आयोजना लामो समय अष्टे«लियाको स्मेक कम्पनीले जिम्मा लिएको थियो । सो कम्पनी हटेपछि सरकारले २०६८ सालमा आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई प्रवद्र्धनका लागि आग्रह गरेको थियो ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको २५ र चिनियाँ कम्पनीको ७५ प्रतिशत शेयर रहने गरी सम्झौता भएको थियो । बोर्ड, प्राधिकरण र चिनियाँ कम्पनीबीच पटकपटक आयोजनाका बारेमा समेत छलफल भएको थियो । तर व्यावसायिक कार्ययोजना र केही विषयमा असहमति रहेपछि चिनियाँ कम्पनी गत असोजदेखि सो आयोजनाबाट बाहिरिएको छ ।

पछिल्लो पटक बोर्ड बैठकले लगानीको ढाँचा र प्रक्रिया तय गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सदस्य रहेको एक कार्यदल बनाएको थियो । सो कार्यदलले बोर्डमा प्रतिवेदन बुझाउने क्रममा छ ।

यस्तै बोर्डले कतारका सरकारी निकाय तथा निजी क्षेत्रलाई समेत आगामी चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा सहभागी हुनसमेत आग्रह गरेको थियो ।

प्रवक्ता वाग्लेका अनुसार सम्मेलनमा सहभागी हुन कतार उत्सुक रहेको र सहभागी हुने वचनसमेत दिएको जानकारी दिनुभयो । यस्तै बोर्डले अगाडि बढाइरहेका अन्य आयोजनाका बारेमा पनि कतार सरकार प्रतिनिधिसँग छलफल गरेको थियो ।

बोर्डले समन्वय गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । यस्तै बोर्डले नै संयोजन गरेको होङ्सी शिवम् सिमेन्टले पनि उत्पादन शुरु गरेको छ ।

यस्तै, रासायनिक मल कारखाना, पूर्व पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ उपत्यका मेट्रो रेल, काठमाडौँ–कुलेखानी हेटाँैडा सुरुङ मार्ग, काठमाडौँ–पोखरा रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आयोजना पनि अगाडि बढाएको छ ।

बोर्डले परियोजना बैंक स्थापना गरेर केही ठूला आयोजना अगाडि बढाउन लागेको छ । यस्तै, लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको आयोजनासमेत गरेको सन्दर्भमा बोर्डका अधिकारी र कतारी अधिकारीबीच छलफल भएको हो ।

कतारको सो कम्पनीले विभिन्न चार देशका विभिन्न आयोजनाबाट चार हजार ८४५ मेगावाट विद्युत् उत्पादन गरेको छ । ऊर्जा क्षेत्रमा दिगो र दीर्घकालीन रुपमा लगानी गर्ने लक्ष्यका साथ सो कम्पनी स्थापना गरिएको हो ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result