Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महाकाली तर्दाकाे पिडा, छुटेन ट्युबको यात्रा, झोलुङ्गे बन्याे तर प्रयाेग गर्न पाइदैन 

माघ २२, २०७५ १:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

– नरेन्द्रसिह कार्की

दार्चुला ।  लेकम गाउँपालिका ३ का प्रेमराम पार्की (खलासी) बिहान ७ बजे उठी आफ्नो ट्युब बोकेर महाकाली किनार धाउनुहुन्छ । उहाँले महाकाली नदी किनार धाउन थाल्नुभएको डेढ वर्ष भन्दा बढी भयो । उहाँको दैनिकी महाकाली किनारमा गिट्टी कुट्नुसँगै नेपाल–भारत जाने यात्रुलाई ट्युबबाट वारपार गराउनु हो ।

ट्युबको सहारामा वारिपारि यात्रुलाई ओसारे वापत उहाँ प्रतियात्रु ३० रुपैयाँ लिने गर्नुहुन्छ । बिहानदेखि बेलुकी छ बजेसम्म नदी किनारमै उहाँको दैनिकी बितेको हुन्छ । ट्युबबाट वारपार गर्नु जोखिम छ । चिसो पानीमा जोखिम मोलेरै वारपार गर्न नपाए हुन्थ्यो भन्ने उहाँलाई पनि लाग्छ, तर पेटले त्यसो भन्दैन ।
पुसको पहिलो साता लालीस्थित छिरबिला भन्ने ठाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पूल निर्माण सम्पन्न भएको छ । “पुल निर्माणपछि ट्युबको जोखिम छुट्ला, थोरै राहत होला भन्ने सोचेको थिएँ,” उहाँले भन्नुभयो – “तर, पुल निर्माण भएको डेढ महिना भन्दा बढी भयो । पुलबाट वारपार गर्न दिइएको छैन ।”

“भारतको डौडा र नेपालको लेकम गाउँपालिकाअन्तर्गत छिरबिला जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएपनि पुलमार्फत आवतजावत गर्न नदिइँदा स्थानीय बासिन्दाले त्यही पुलमुनि ट्युबमा यात्रा गर्नुपरेको छ,” स्थानीयवासी शेरसिह विष्टले भन्नुभयो । पुल लागेको ठाउँमा सजिलो हुने भएकाले ट्युब पनि त्यही पुलमुनिबाट वारपार गर्ने गरिएको छ ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने गरी २०७३ असोज ४ गते कुल एक करोड ३२ लाख रुपैयाँको लागतमा मनोमालिका कन्स्ट्रक्शनसँग निर्माणको सम्झौता भएको हो । तुइन तथा ट्युब विस्थापनअन्तर्गत निर्माण गरिएको झोलुङ्गे पुलले लेकम, मालिकार्जुन क्षेत्रका नागरिकलाई नेपाल–भारत आवतजावतमा सजिलो पार्ने भए पनि औपचारिक रुपमा पुल सञ्चालनमा नल्याइँदा अहिले पनि नागरिकले जोखिम मोलेरै ट्युबको सहारा लिनुपरेको लेकम ३ का वडाध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

“ढिलै भए पनि पुल निर्माणपछि स्थानीय बासिन्दा हर्षित भएका छन् तर, पुल निर्माणको महिनौंं दिनसम्म पनि झोलुङ्गे पुलको दुवै पट्टि ताला लगाइँदा निराशा छाएको छ,” अध्यक्ष जोशीले भन्नुभयो । विसं २०४८ सालदेखि नै पुल बन्छ भनेर आशामा बसेका नागरिकले झण्डै २७ वर्षपछि पुल देखे पनि आवतजावत गर्न पाएका छैनन् ।

पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले पुल निर्माण सम्पन्न भएको जानकारी स्थानीय प्रशासनलाई गराइसकेको छ । सोही पत्रअनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले दुई साताअघि नै पिथौरागढ जिल्ला अधिकारी (डिएम)लाई लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा नियमित आवतजावतका लागि पत्राचार गरिसकेको छ ।
“प्रशासनले पठाएको पत्र डिएम कार्यालयमा पुगेको छ,” दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले भन्नुभयो – “डिएम विदामा गएका कारण प्रक्रियामा जान सकेको छैन । उक्त पुल नियमित रुपमा सञ्चालन गर्ने विषयमा भारतीय पक्षसँग समन्वय गर्ने काम भइरहेको छ ।”
लेकम गाउँपालिका ३ लालीमा निर्माण गरिएको झोलुङ्गे पुलको सुरक्षाका लागि प्रहरी राख्न अस्थायी बिट निर्माण गरिने भएको छ । गाउँपालिकाको सहयोगमा सुरक्षार्थ खटिने प्रहरी बस्न अस्थायी भवनको रुपमा बिट बनाउन लागिएको हो ।

प्रहरीका लागि बस्न भवन, शौचालय, खानेपानीसहित कुल एक लाख ७७ हजार रुपैयाँको लागतमा प्रहरीको बस्ने बिट बनाउन लागिएको लेकम गाउँपालिकाका ओभरसियर दीपक धामीले जानकारी दिनुभयो । लागत अनुमान तयार भइसकेकाले एक–दुई दिनभित्रै भवन निर्माण कार्य शुरु गरिने सीमा प्रहरी चौकी लालीका निमित्त इन्चार्ज गणेश बुडालले बताउनुभयो ।

पुल नियमित रुपमा सञ्चालनमा आएपछि प्रहरी राख्नैपर्छ, अहिले प्रहरी राख्न भवन छैन । सीमा प्रहरी चौकीबाट जान टाढा हुने भएका कारण त्यही भवन बनाउन लागिएको उहाँको भनाइ छ । उता भारतीय पक्षले सुरक्षाकर्मी बस्ने भवन तयार गरिसकेको छ ।

ट्युबमा बिहेवारी 

विवाहमा प्रायशः डोली, घोडाको प्रयोग गरिने भए पनि पछिल्लो समय गाडीको प्रयोग बढेको छ । नजीकैको विवाहका लागि समेत अहिले राम्रा गाडी खोज्ने गर्न थालिएको छ । अझै दार्चुलामा यस्ता ठाउँ छन्, जहाँ डोली, घोडा वा गाडी कुनैको पनि सुविधा छैन । नव दुलाहादुलही ट्युबमै सवार हुन्छन् । अहिले पनि भारतीय सीमासँग जोडिएको लाली, खरकडा, डाडाकोटलगायतका स्थानीय बासिन्दा भारततिरका डोडा, खुनखोली, अम्तडी लगायतका ठाउँका बासिन्दासँग बिहेवारी गर्छन् ।
गत मङ्सिरमा लालीका मनिषा पार्कीको विवाह भारतीय गाउँ अम्तोलीमा भयो । भारतको विवाह नेपालको लेकम गाउँपालिकाको लाली दुलही लिन आयो । आउँदा त्यही ट्युब र दुलही पार्की विदा भै जाँदा पनि त्यही ट्युब प्रयोग भयो । यहाँका नागरिकले विवाह गर्दा पनि ट्युबको जोखिम मोल्नु पर्छ ।

“यहाँका अधिकाँशको विवाह एक अर्को मुलुकका नागरिकसँग हुने गर्छ, यो अहिलेको सम्बन्ध हैन,” स्थानीय धनसिह भण्डारीले भन्नुभयो – “वर्षौंदेखि हाम्रो चेलीबेटी पारि भारतमा छन्, उताका वारि नेपालमा विवाह गरेर बसेका छन् । पुल नभए पनि पहिल्यैदेखि विवाहमा ट्युबकै प्रयोग हुँदै आएको छ ।” हिउँदमा महाकाली नदीमा पानी घटेको बेला सजिलै हुन्छ तर, वर्षात्मा जोखिमपूर्ण हुुन्छ । वारपार गर्दा ट्युबमा दुई÷दुई जना सवार हुन्छन् । ट्युब चालक पार्कीले भन्नुभयो – बढी यात्रु राखे ट्युब पल्टिने जोखिम हुन्छ ।
निर्वाध सामान ढुवानी
महाकाली नदीमा यस क्षेत्रका स्थानीय बासिन्दाले ट्युबको सहारामा निर्वाध रुपमा सामान ओसारपसार गर्ने गरेका छन् । नेपालतिर सडक मार्ग नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि भारतीय बजारबाट सामान ल्याएर विक्री वितरण गर्ने गरेका छन् । दैनिक उपभोग्य सामग्रीदेखि लिएर व्यापारिक सामान त्यही ट्युबमार्फत ढुवानी हुने गरेको स्थानीयवासी मंगला जोशीले जानकारी दिनुभयो ।

नेपालतिर सडक पुगेको छैन । सडक पहुँच नहँुदा अहिले पनि नागरिक भारतीय बजारमा निर्भर हुनुपरेको छ । लालीका स्थानीय बासिन्दालाई नेपाली सामान खरिद गर्न बैतडीको झुलाघाट जान सजिलो छ तर, दार्चुला सदरमुकाम खलङ्गा पुग्न टाढा छ । खलङ्गासम्म नेपालतिरै भएर हिँडेर आउन पूरै दिन लाग्छ । झुलाघाटबाट सामान लिएर बिहान गए बेलुकी फर्किन सकिन्छ ।
सडक निर्माण अलपत्र
दार्चुलाको मध्य लेकमको लाली जोड्ने गरी निर्माणाधीन जौलजीवि भर्तोला लाली सडक विगत चार वर्षयता ठप्प छ । आर्थिक वर्ष २०७१÷७२ बाट निर्माण शुरु गरिएको सो सडक अहिले निर्माण कार्य अहिले रोकिएको छ ।
महाकाली नगरपालिकाको बेतबाट शुरु भएको उक्त सडकले लेकम गाउँपालिका ३ लाली जोड्ने गरी निर्माण शुरु गरिएको थियो । अहिले यो सडक मालिकार्जुन गाउँपालिका ६ उकुको बाकु करज्यानीसम्म मात्रै जीप सञ्चालनमा छ । बेतदेखि सडकको अस्थायी ट्र्याक खुलाइएको उकु बाकुसम्मको ९ किलोमिटर खण्डमा गाडी चल्ने गरेको सडक डिभिजन कार्यालय बैतडी पाटनका इन्जिनियर शंकर खनालले जानकारी दिनुभयो ।

वसिप इन्जिनीयरिङ एण्ड विल्डरले सो सडकको ठेक्का पाएको थियो । कुरज्यानी भिरमा चट्टान लाग्नु तथा सडक तलमाथि लिने विषयमा स्थानीयवासीबीच विवाद हँुदा सडक निर्माणमा अवरोध आएको हो । सडक नहुँदा अहिले पनि स्थानीय वासीलाई ट्युबमार्फत भारतीय बजार हुँदै सदरमुकाम आउनुपर्ने बाध्यता छ ।

पछिल्लो समय सो सडक प्रदेश सरकारमातहत राखिएको छ । अहिले यो सडकका लागि सङ्घीय सांसद विकास कोषबाट ३० लाख रुपैयाँ विनियोजन भएको छ । उता, महाकाली करिडोरको कामले पनि खासै गति लिएको छैन । कञ्चनपुरको ब्रह्मदेदेखि शुरु हुने सो सडक दार्चुलासम्म पुग्न अझै समय लाग्ने भएको छ । महाकाली करिडोरले पनि लालीको तल्लो क्षेत्र नसमेटिने भएको कारण शाखा सडकलाई विस्तार गर्न लागिएको हो ।
रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result