काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो दलमा कुनै पनि मतभेद नरहेको प्रष्ट पारेका छन् ।
अध्यक्ष नेपालले आइतबार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चार माध्याममा आएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।
पार्टीमा मतभेद नरहेको र नेताहरुबीच पनि कुनै खटपट नभएको उनको भनाइ थियो । पार्टीमा आफ्नो धारणा ब्यक्त गर्नु सामान्य कुरा भएको उल्लेख गर्दै अध्यक्ष नेपालले औपचारिक रुपमा पार्टीमा कुनै फरक मत नभएको दावी गरे ।







प्रतिक्रिया लेख्नुहोस्:-