Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इयूबाट अलग्गिने  सम्झौतामा परिमार्जन गर्न चाहेको  बेलायती प्रधानमन्त्रीकाे भनाई , आयरल्यान्डसँगको सीमामा कडाई गर्ने 

माघ २३, २०७५ १:५२ मा प्रकाशित
इयूबाट अलग्गिने  सम्झौतामा परिमार्जन गर्न चाहेको  बेलायती प्रधानमन्त्रीकाे भनाई , आयरल्यान्डसँगको सीमामा कडाई गर्ने 
Share on FacebookShare on Twitter

 

लन्डन ।  बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताउनुभएको छ ।

प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्ण रुपमा हटाउन आफूले पहल गर्ने बताउनुभयो ।

भन्सार कार्यालय र सवारी जाँच चौकी पुनः राख्न लागिएको भन्ने सम्बन्धमा प्रकाश पार्दै प्रधानमन्त्री मेले बेलायत सरकार इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा छैन भन्नुभयो ।

उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहनुभएकी प्रधानमन्त्री मेले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधानहरु राखिन्न, तर सीमा व्यवस्था नयाँ ढङ्गबाट गर्नुपर्ने हुन्छ भन्नुभयो ।

उहाँले सन् १९९८ मा सम्पन्न सुखद शुक्रबार (गुड फ्राइडे) सम्झौताप्रति बेलायत सरकारको पूर्ण समर्थन रहेकामा समेत जोड दिनुभयो । उक्त सम्झौताकै कारण उत्तरी आयरल्यान्डमा एक दशकभन्दा बढी चलेको हिंसात्मक घटना साम्य भएको थियो । प्रधानमन्त्री मेका प्रतिबद्धताका शब्दले पनि ब्रेक्जिट सीमाका द्विविधालाई समाधान गर्न कठिन छ ।

बेलायतले आगामी मार्च २९ मा इयू छाड्दैछ, तर बहिर्गमन सम्झौता बेलायती संसदबाट स्वीकृत भएको छैन । बेलायती संसदले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसदमा अझै मतैक्य हुन सकेको छैन । यही सीमा विवादका कारण दशकौंसम्म हिंसात्मक घटनाहरु भएका थिए, जसका कारण तीन हजार ७०० भन्दा बढीको ज्यान गएको थियो ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला सीमानाका कारण मानिस र वस्तुको निर्वाध आवतजावत हुने गरेको छ । तर धेरैजसो ब्रेक्जिट पक्षधर बेलायती सांसदहरु केही निश्चित समयसम्म यो सीमा खुला गर्दा इयूका नियमहरुले बेलायतमाथि समस्या निम्त्याउने बताउँछन् । उनीहरु ब्रेक्जिट सम्झौता हुनुअघि आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा बन्द गर्नैपर्नेमा जोड दिन्छन् । तर, युरोपेली नेताहरु प्रधानमन्त्री मेले इयूसँग गरेको सहमतिमा पुनर्विचार गर्न नसकिने बताउँछन् ।

“इयूसँग भएको बहिर्गमन सम्झौता बेलायतका निम्ति इयूबाट विस्तारै बाहिरिनका लागि राम्रो सम्झौता हो,” आइरिस प्रधानमन्त्री लिओ भाराड्करले बताउनुभयो । “हामी इयू र बेलायतसँगको भावी सम्बन्धलाई अति निकट, व्यापक र महत्वाकाँक्षी बनाउन चाहन्छौं, ताकि आउँदा दिनमा सीमा बन्द गर्न यस्तो समयसीमा कहिल्यै आवश्यक नै पर्ने छैन ।”

तैपनि, प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर र अरु युरोपेली नेताहरुसँग ब्रसेल्समा बिहीबार भेट गर्दै हुनुहुन्छ । उहाँले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमालाई केही समय खुला गर्ने यसअघिको प्रस्तावलाई हटाउन आग्रह गर्नुहुने बताइएको छ । प्रधानमन्त्री मेले युरोपेली नेताहरुसँग छलफल गरी उहाँले संशोधित प्रस्ताव अर्को साता बेलायती संसदमा प्रस्तुत गर्नुहुनेछ ।

(रासस/एपी)
––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result