Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दिनेश श्रेष्ठ वीर गणेशमान राष्ट्रिय खुला बक्सिङकाे सेमिफाइनलमा

माघ २३, २०७५ २:१५ मा प्रकाशित
दिनेश श्रेष्ठ वीर गणेशमान राष्ट्रिय खुला बक्सिङकाे सेमिफाइनलमा
Share on FacebookShare on Twitter
काठमाडौं  । नेपाल पुलिस क्लबका दिनेश श्रेष्ठ वीर गणेशमान राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिप २०१९ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार वसन्तपुर डबलीमा भएको ६० केजी तौल समूहको खेलमा प्रदेश ४ का जिनेश गुरुङलाई पराजित गर्दै दिनेशले अन्तिम चारमा स्थान बनाएका हुन् । सोहि तौल समूहमा त्रिभुवन आर्मी क्लबका एकबहादुर घले र एपीएफका प्रकाश लिम्बूले पनि सेमिफाइनलमा स्थान बनाए । एकबहादुरले प्रदेश ३ का सनील शाहीलाई हराए भने प्रकाशले प्रदेश ७ का भरत चन्दलाई पाखा लगाए । प्रदेश ५ का गणेश थापामगरले प्रदेश २ का सुदीप घिसिङलाई हराउँदै सेमिफाइनलमा समीकरण पूरा गरे ।
पुरुष ५६ केजी तौल समूहमा एपीएफका पुरन राईले प्रदेश १ का सुरेन्द्र राईलाई पराजित गरे । प्रदेश २ का गणेश थापाले प्रदेश ५ का नवीन घर्तीलाई हराए । प्रदेश ७ का महेन्द्र चन्दले पुलिसका शम्भु राजवंशीलाई स्तब्ध पार्दा आर्मीका विमल रोकाले प्रदेश ६ का प्रशान्त लामाको चुनौती पन्छाए । चारै विजेता खेलाडीले अब सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
आर्मीका प्रेम चौधरीले प्रदेश ५ का समिर चौधरीलाई पराजित गर्दै पुरुष ५२ केजी तौल समूहको अन्तिम ४ मा स्थान पक्का गरे । प्रदेश १ का सुलभ राज तुलाधरले प्रदेश ६ का जीवन पुन मगरलाई हराउँदा पुलिसका चन्द्रबहादुर थापाले प्रदेश ७ का सागर मल्ललाई पन्छाए । एपीएफका विक्रम परियारले प्रदेश ३ का मिङमार ग्याल्जेन शेर्पालाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।
पुरुष ४९ केजीतर्फ एपीएफका प्रदिप महर्जनले प्रदेश २ का पवन श्रेष्ठ तथा आर्मीका सुशील थापाले प्रदेश ३ का मदनकृष्ण डंगोललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । प्रदेश ७ का भानु विष्टले प्रदेश ५ का सुरज ओलीलाई नकआउट गरे भने प्रदेश ६ का मोहन गुरुङले पुलिसका दीपेश राईलाई स्तब्ध पारे ।
महिलातर्फ ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले एपीएफकी नाङ्गजा बुढामगरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाइन । आर्मीको ललिता महर्जनले प्रदेश १ की मन्जिता माखिम, प्रदेश ३ की सुष्मा तामाङले प्रदेश ६ की जानकी थापा तथा प्रदेश ५ की सुशिला थापाले प्रदेश ८ की प्रतिभा शाहीलाई पराजित गरे ।
आर्मीकी विमला श्रेष्ठले ४८–५१ केजी तौल समूहमा प्रदेश २ की मनिषा राईलाई हराउँदै अन्तिम ४ मा स्थान बनाइन । प्रदेश ४ की मिना घले, प्रदेश ३ की रोशनी राई र एपीएफकी माला राई पनि अन्तिम ४ मा प्रवेश गरे । मिनाले प्रदेश ६ कि सुष्मा पुन मगर, रोशनीले प्रदेश ५ की विमला थापा मगर तथा मालाले प्रदेश १ की अरुणा योन्जनलाई पराजित गरे ।
एपीएफकी संजुमाया थिङले महिला ५१–५४ केजी तौल समुहमा प्रदेश ७ की हरिना ऐरलाई पराजित गर्दा प्रदेश २ की तेजी गुरुङ र पुलिसकी निशा तामाङ पनि सेमिफाइनल पुगे । तेजीले प्रदेश ३ की शिवानी श्रेष्ठ तथा निशाले प्रदेश १ कि चन्द्रकला राईलाई पराजित गरिन् । महिला ६०–६४ केजी तौल समूहमा आर्मीकी पुनम रावलले प्रदेश १ की त्रिशा जबेगुलाई हराउँदै अन्तिम ४ को यात्रा सुनिश्चित गरिन् । एपीएफकि सरस्वती रानाले प्रदेश ३ कि अम्बिका विकलाई पराजित गर्दा प्रदेश ६ की अश्मिता चन्दले प्रदेश ५ की माया चौधरीलाई पाखा लगाइन ।
वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गर्नेछन् । उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताभरको उत्कृष्ट महिला र पुरुष खेलाडीले क्रमशस् स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result