Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वीर गणेशमान राष्ट्रिय बक्सिङ  : चन्द्रकला र सुलभ फाइनलमा भिड्ने

माघ २४, २०७५ १:४७ मा प्रकाशित
वीर गणेशमान राष्ट्रिय बक्सिङ  : चन्द्रकला र सुलभ फाइनलमा भिड्ने
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र नेपाल एपीएफ क्लबकी सुलभ थापामगरले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपकाे  फाइनलमा भिड्ने भएका छन्। बिहीबार वसन्तपुर डबलीमा भएको ५४–५७ केजी तौल समूहको सेमिफाइनलमा दुवै खेलाडीले पहिलो राउण्डमा नै जित दर्ता गरे । चन्द्रकलाले प्रदेश ७ की निर्मला केसीलाई पराजित गरिन्। एपीएफकी सुलभले निकै प्रतिस्पर्धात्मक खेलमा प्रदेश ३ की कुसुम तामाङलाई हराउँदै फाइनल पुगिन्।

 

६०–६४ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी पुनम रावलले प्रदेश २ की अपराजिता घतानेलाई तथा एपीएफकी सरस्वती रानाले प्रदेश ६ की अश्मिता चन्दलाई हराइन्। ५७–६० केजी तौल समूहमा एपीएफकी संगीता सुनारले प्रदेश ५ की संगीता दंगाललाई पराजित गरिन्। उनले
फाइनलमा अर्मिकी सविना श्रेष्ठसँग खेल्नेछिन्। सविनाले प्रदेश १ की सोममाया लिम्बूलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेकी हुन्। महिला ५१–५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङ र पुलिसकी निशा तामाङ खेल्नेछन्। मिनुले प्रदेश २ कि तेजी गुरुङलाई तथा
निशाले एपीएफकि संजुमाया थिङलाई पराजित गरिन्।

 

महिला ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवान शेर्माले आर्मीकी ललिला महर्जनको चुनौती पार गरिन्। अर्को सेमिफाइनलमा प्रदेश ५ कि
सुशिला थापाले प्रदेश ३ की सुष्मा तामाङबाट वाकओभर पाइन्। पुरुषतर्फ ६४ केजी तौल समूहमा आर्मीका सुरेश नेपाली, पुलिसका भुपेन्द्र थापा र एपीएफका सोनाम सार्कीले सेमिफाइनलमा स्थान बनाए । सुरेशले प्रदेश २ का किशोर शर्मा, भुपेन्द्रले प्रदेश ५ का विशाल रेग्मी र सोनामले प्रदेश १ का अभिनय राईलाई हराए ।

 

प्रदेश ६ का इन्द्र सुनारले प्रदेश ४ का पवन गुरुङलाई हराउँदै अन्तिम ४ मा स्थान बनाए । पुरुष ६९ केजी तौल समूहमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश ४ का सविन गुरुङलाई हराउँदै सेमिफाइनलमा पुगे । एपीएफका विकास लामाले प्रदेश ६ का विकास लामालाई हराउँदा प्रदेश१ का राजेश गुरुङले प्रदेश ५ का हेमराज चौलागाईंलाई दोस्रो राउण्डमा नकआउट गरे । प्रदेश ३ का मनीष डंगोलले प्रदेश ७ का वसन्तबहादुर सिंहलाई पहिलो राउण्डमा नै हराए ।

एपीएफका सुमन कार्कीले प्रदेश ५ का गणेश विकलाई पराजित गर्दै ७५ केजी तौल समूहको अन्तिम ४ मा स्थान बनाए । सोहि तौल समूहमा
आर्मीका दिपक श्रेष्ठले प्रदेश ४ का अनिल थापामगर तथा प्रदेश ३ का दिवेश भूमिलालले प्रदेश ७ का विरेन्द्रबहादुर शाहीलाई हराए । पुरुष ८१ केजी तौल समूहमा आर्मीका रवी सुनारले प्रदेश १ का प्रशील रुचालबाट वाकओभर पाए । प्रदेश ५ का केशर खत्रीले एपीएफका गोकुल गुरुङलाई हराउँदै अन्तिम ४ मा स्थान बनाए ।

वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गर्नेछन्।
उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय पाउने छन्। प्रतियोगिताभरको उत्कृष्ट महिला र पुरुष
खेलाडीले क्रमशस् स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result