अमेरिका । नेपाली जनसम्पर्क समिति लङ्गआइल्याण्ड च्याप्टरले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यही फेब्रुअरी नौ तारिक आइतवारको दिन न्युयोर्कको हिक्सभिल स्थित व्रोड वे मलमा बृहत रक्तदान कार्यक्रम गरिने च्याप्टरले जनाएको छ ।
रक्तदानमा लङ्गआइल्याण्डको सफक र नासु काउन्ट्रीका अतिरिक्त न्यूजर्सी,न्युयोर्क क्षेत्र वरपरका रक्तदाताहरू, जनसम्पर्क सँग सम्वद्द नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरू साथै विभिन्न क्षेत्रमा क्रियाशिल समाजसेवी एवं समाजका अगुवाहरू सहभागी हुने अपेक्षा आयोजकको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-