काठमाडौं । कोसी प्रदेशमा आज मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
आज नयाँ नियुक्ति भएका मन्त्रीहरुमा स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदिप सुनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगर रहेका छन् ।
मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार प्रदेश प्रमुख कार्यालयमा भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-