Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रधानमन्त्री निवासमा पूर्वपश्चिम रेल …

माघ २८, २०७५ १:२६ मा प्रकाशित
प्रधानमन्त्री निवासमा पूर्वपश्चिम रेल …

k|d cf]nLsf] cfu|xdf uLt ufpFb} ljBfyL{ ;kmntf PrcfO{eL lzIff ;bg sLlt{k'/ sf7df8f}FnfO{ jN8{ a'S; ckm /]s8{ n08gaf6 …ljZj s} klxnf] klxrfg;lxtsf] ljBfnoÚ ;"lrs[t ePsf] k|df0fkq k|bfg sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nLsf] cfu|xdf uLt ufpFb} ljBfnosf ljBfyL{ . t:jL/ M /Tg >]i7, /f;;

Share on FacebookShare on Twitter

 

– नारायण ढुङ्गाना

काठमाडौँ ।  सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो ।

एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गर्नुभयो । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो ।

“सानी छोरीले गीत गाउँछिन् अब”, प्रधानमन्त्री ओलीको आग्रहमा पाँच कक्षामा अध्ययनरत ११ वर्षीय सोनी विकले जुरुक्क उठेर गीत गुनगुनाउन थाल्नुभयो ।

जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो ।

तररर..ताली बज्यो । प्रधानमन्त्री ओलीले एक कविको रचना सुनाउँदै भन्नुभयो, “मान्छेहरुलेनै हो गलत काम गर्ने र गरीब बनाउने, विधिले आफ्ना सबै सन्तानलाई समान रुपले हेर्छ ।” त्यसकारण विधिले होइन, तिमीलाई म अर्काे गीत लेखिदिन्छु, त्यो गाऊ । सोनीले मुन्टो हल्लाउनुभयो ।

“अब अर्काे गीत गाउन,” उनको गायकी मन पराएर प्रधानमन्त्रीले फेरि आग्रह गर्नुभो ।

फेरी कहाँ आउँछ घुमेर
यो बालापनको उमेर…

गीत गाउनमा पोख्त सोनुको क्षमता असाधारण रहेको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले कार्यालयका कर्मचारीलाई गीत रेकर्ड गर्न निर्देशन दिनुभयो । यो गीत रेकर्ड भएको जानकारी पाएपछि अर्काे रेकर्डको तयारीमा रहेको गीत सोनुले प्रधानमन्त्रीका सामु गाउनुभयो ।

यही धरतीमा जन्मँ यही धरतीमा हुर्कें
तर म अटिन..
एक्लै छाडी काहाँ गयौ बाबा
तर मलाई लगिनौँ

प्रधानमन्त्रीलाई गीतसङ्गीत सुन्ने चाहना बढ्दै गयो । उहाँले बालबालिकालाई सङ्केत गर्दै भन्नुभयो, “अरू कसैले उनलाई च्यालेञ्ज गर्छ ।” करण सुनार, हिमनाथ चन्द, रेणु थापा र लक्ष्मी रावलले ‘कान्छी हे कान्छी’ र ‘मोहनी लग्ला है’ गीत प्रस्तुत गर्नुभयो ।

यतिबेलासम्म प्रधानमन्त्री निवासको सानो बैठक कक्ष सङ्गीतमय बनिसकेको थियो । उपस्थित आयोजक प्रतिनिधि, बालबालिका तथा विद्यालयका शिक्षक र संस्थापक बालबालिकालाई हौसला दिँदै ताली पड्काउन थाले ।

प्रधानमन्त्रीको हातबाट प्रमाणपत्र वितरणका लागि वल्र्ड बुक अफ रेकर्ड नेपालले आयोजना गरेको कार्यक्रममा गीतसङ्गीतको कुनै तयारी थिएन । तर प्रधानमन्त्रीले एक्कासि कार्यक्रमलाई सङ्गीतमय पार्नुभयो ।

उहाँले बालबालिकासामु फेरि सोध्नुभयो, “अनि नाच्नेमा च्यालेञ्ज गर्ने कोही छ ?” गीत सङ्गीतमा पोख्त बालबालिकामध्ये ६ जना जुरुक्क उठे । बालबालिकासँग प्रधानमन्त्री पारिवारिक रुपमा प्रस्तुत हुनुभयो । एक जनाले मोबाइलबाट चर्चित गीत ‘पूर्व पश्चिम रेल’ बजाउने बित्तिकै प्रधानमन्त्रीले फेरि ठट्यौलीमा भन्नुभयो, “मैले बनाउनै बाँकी छ, तिमीहरुले आज कुदाउने भयौ ।” उक्त गीतमा बालबालिकाले समूहमा सुन्दर नृत्य प्रस्तुत गरे । प्रधानमन्त्रीकै आग्रहमा स्वस्तिका भण्डारी र मनिशा विकले पनि अर्काे नृत्य देखाउनुभयो ।

बालबालिकाको प्रतिभालाई नजीकबाट हेरिरहनुभएका प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यको मन मानेन । कार्यक्रमकै बीच शाक्यले घोषणा गर्नुभयो, यो प्रमाणपत्रसँगै परिवारका तर्फबाट रु एक लाख अवार्डकै रुपमा प्रदान गर्न चाहन्छु ।

शिक्षा सदनले गरेको काम असाधारण : प्रधानमन्त्री 

वल्र्ड बुक्स अफ रेकर्डको आयोजनामा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत भएको प्रमाणपत्र वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै राज्यले पनि सहयोग गर्ने बताउनुभयो ।

स्वार्थबिना चुपचाप भएको कामको आज मूल्याङ्कन भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बिना स्वार्थ, बिना कुनै प्राप्ति, मानवीय भावनाबाट परोपकार गर्दै बिना दोष कसैलाई सजाय हुनुहुँदैन भनेर लागेको छ, जसको कुनै आकाङ्क्षा छैन, उसले पुरस्कार पाउँदा हामी खुशी छौँ ।”

“उहाँहरुको ध्यान अहिले पनि पुरस्कारमा छैन, कैलालीमा रहेका त्यस्ता बालबालिकामा छ, उहाँहरुलाई बधाई तथा सफलताका लागि शुभकामना दिन्छु,” प्रधानमन्त्रीले थप्नुभयो । राज्यले खासै सहयोग गर्न नसके पनि ध्यान गएको बताउँदै उहाँले उक्त कामलाई असाधारण विशेषता र असाधारण कामको सङ्ज्ञा दिनुभयो ।

यी बालबालिकालाई अभिभावकत्व दिनु चानचुने कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकासँग आफ्नो पनि भावनात्मक सम्बन्ध जोडिएकोे बताउनुभयो । केही गरेँ भनेर धाक लगाउने अवस्था नभए पनि यस्ता बालबालिकालाई केही गर्ने सोच बनाएको र सरकारको ध्यान जाने आश्वासन दिँदै उहाँले सिङ्गै देशलाई शिक्षित बनाउने अभियानमा सरकार रहेको बताउनुभयो ।

सदनका संस्थापक राजकुमार पुनले सम्मानपत्र पाउँदा सपना जस्तो लागेको बताउँदै कुनै पनि विद्यालयले भर्ना नलिएको अबोध बालबालिकालाई पठनपाठन र पालनपोषणका लागि नौ वर्षअघि पहिचानसहितको स्कूल स्थापना गरेको जानकारी दिनुभयो । सम्मानले आज महत्पूर्ण काम गरिएछ जस्तो महसुस भएको उहाँको भनाई थियो ।

योजनाबद्ध ढङ्गले स्कूल स्थापना नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कैलालीमा मात्रै तीन सय यस्तै बालबालिका शिक्षाबाट वञ्चित छन्, आफन्त र निजी विद्यालयले निकालेका छन्, उनीहरुलाई पनि ल्याउनुछ ।”

कार्यक्रममा वल्र्ड बुक्स अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले नेपालको महत्वपूर्ण क्षेत्र र सम्पदाहरुलाई विश्वसामु चिनाउने प्रयास गरेको बताउँदै अध्ययनमा यो विद्यालय विश्वमै पहिलो भएको दावी गर्नुभयो । उहाँले विश्वका ३२ मुलुकमा संस्थाले सूचीकृत गर्ने काम गर्दै आएकामा यसअघि नेपालको पशुपतिनाथ र लुम्बिनीलाई सूचीकृत गरिसकेको जानकारी दिनुभयो ।

 

सामूहिक तस्वीरमा प्रम ओलीसँग विद्यार्थी
कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनले वल्र्ड बुक्स अफ रेकर्ड लण्डनबाट …विश्व कै पहिलो पहिचानसहितको विद्यालय’ शीर्षकमा सूचिकृत भएको प्रमाणपत्र प्रधानमन्त्री केपी शर्मामार्फत प्रदानपछि प्रमसँग सामूहिक तस्वीरमा विद्यालयका शिक्षक एवं विद्यार्थी । तस्वीर : रत्न श्रेष्ठ, रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result