Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीन प्रदेशको सीमा विवाद

माघ २८, २०७५ २:४६ मा प्रकाशित
Share on FacebookShare on Twitter

–मेनका चौधरी

धम्बोझी । प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमका सीमामा रहेका  बर्दियाको करीब सयौँ बिघा जमीनमा विवाद भएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमीनको विवाद छ । बबई नदी वरिपरि बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्शामा भने सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ । सीमा  निर्धारण आयोग नबन्दा प्रदेशस्थित जिल्लाका सीमा विवाद अल्झिएको छ ।

सीमा विवाद सम्वन्धमा प्रदेश नं ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण  गराइएको कमाटु दिगो विकास समितिका बिन्तीराम थारुले बताउनुभयो । “कर्णाली र बबई नदीको सीमा क्षेत्रमा रहेका बर्दियाका भूमि विवादित छ”, उहाँले भन्नुभयो ।  जिल्लाबाट सीमा विवादका उजूरी सङ्घीय तथा प्रदेश सरकारमा पेश भए पनि आयोग गठन हुन नसक्दा विवाद समाधान भएको छैन । सीमा निर्धारणका लागि संवैधानिक आयोग गठन गर्ने कानूनी व्यस्था छ । भूगोलको विवाद हुँदा विवादित क्षेत्रमा परेका सर्वसाधारण समस्यामा परेको स्थानीयवासी बताउँछन् ।

उक्त क्षेत्रमा कुन जिल्लाका तर्फबाट विकास गर्ने भन्ने तय नहुँदा समस्या देखिएको हो । प्रदेश नं ५ को बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबीच सीमा विवाद छ । बर्दियाको सीमाअन्तर्गत कर्णालीको सुर्खेत जिल्ला र सुदूरपश्चिमको कैलाली जिल्लामा सीमा विवाद रहेको जिल्ला समन्वय समितिका प्रमुख शङ्कर थारुले बताउनुभयो ।

भेरीगङ्गा र बागढी नगरपालिकाको सीमा व्यवस्थित गर्न पहल गरिए पनि सुनुवाइ भएको छैन । सीमा निर्धारण गरी सङ्घीय तथा प्रदेश सरकारमा  पठाइए पनि सिमा विवाद समाधान भएको छैन । समन्वय समिति मार्फत सम्बन्धित प्रदेशका जिल्लासँग कुराकानी भइसकेको छ तर विवाद समाधान हुन नसकेको प्रमुख थारुले बताउनुभयो । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विषय सङ्घमा राखिने जानकारी दिनुभयो ।

नहरमा अवरोध गहुँ र आलु खेतीका लागि नहरमा पानीको माग भएपछि बबई सिंचाइ आयोजनाबाट नहरमा पानी सञ्चालन हुँदा निर्माणका काममा अवरोध भएको छ । आयोजनाले हिउँदे बालीका लागि गत पुस पहिलो हप्तासम्ममा मात्र पानी सञ्चालन गर्ने भने तापनि कृषकको मागअनुसार पानी दिँदा नहरको तारजालीका काममा अवरोध भएको आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिनुभयो । काममा अवरोध भए पनि सिंचाइबाट खेतबारी हरियाली भएको र उत्पादन बढ्ने आशा पलाएको बारबर्दिया – ११ का कृषक दयाराम थारुले बताउनुभयो ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result