Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै

माघ २८, २०७५ ३:३७ मा प्रकाशित
जनकपुर–जयनगर रेलको परीक्षण
Share on FacebookShare on Twitter

– गोपालप्रसाद बराल

बर्दिवास ।  गत विवाहपञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुङ्ग परेकी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुशी त्यतिखेरै धेरै टिक्न सकेन । विवाहपञ्चमी (रामजानकी विवाह महोत्सव) मा भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुने कुराले रेल चढेरै मेला हेर्न जाने कुराले फुरुङ्ग पर्नुभएकी इजोतीयाको खुशी रेल चल्ने कुरा अनिश्चित हुँदा नटिकेको हो ।

“गेल अगहनमें विवाहपञ्चमी मेलामें जयनगर सऽ कुर्थातक रेल चलवा’क स्वरगुल मच्चल छल” (गत मङ्सिरमै विवाहपञ्चमी मेलामा जयनगरबाट कुर्थासम्म रेल चल्ने हल्ला चलेको थियो) उमेरमा ५० वर्ष कटेकी सहनीले बस्तीमै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “मुदा, विवाहपञ्चमीवाद सेहो दु महीना बितलागल, रेलके कोनो अत्तापत्ता नई” (तर, विवाहपञ्चमी यता पनि दुई महीना बित्न लाग्यो, रेल चल्ने कुनै अत्तोपत्तो देखिँदैन) ।

इजोतीयाजस्तै कुर्था स्टेशन नजिकका महोत्तरी जिल्लाका लोहारपट्टी, बलबा र भङ्गाहा नगरपालिकाका बासिन्दा पनि आफ्नो रेल चढ्ने आस अधुरै रहेको बताउँछन् । “उमर सेहो आब नइ रहीगेल, सोचैछली जे एकबेर रेल चैढ्क जानकी मैयाके दर्शन कैरतों, मुदा आब इ ललसा पूरा होयवाक आस मैरगेल” (उमेरले पनि डाँडा काट्दैछ, सोचेको थिएँ एकचोटी रेल चढेर जानकीमाताको दर्शन गरौँ, तर अब यो रहर पूरा हुने छाँट देखिएन) लोहारपट्टी नगरपालिकाकै खुट्टापिपराढीका ८० वर्षीय रामदरेश यादवले निरासा पोख्नुभयो ।

गत मङ्सिरको प्रारम्भमा विवाहपञ्चमी मेलाको तयारी भइरहँदा जयनगरदेखि कुर्थासम्म लिक ओछ्याउने काम सम्पन्न भएकाले जयनगरदेखि कुर्थासम्म रामजानकी विवाह महोत्सवकै दिन रेल सञ्चालन गरिने त्यतिखेरका रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताउनुहुँदा कुर्था नजिकका महोत्तरी÷धनुषाका बस्तीमा उत्साह देखिएको थियो । रेल चलेपछि आफ्ना कृषि उत्पादन सहजै बजार पु¥याएर बेचबिखन गर्न पाइने आश मर्दै गएको बलवा नगरपालिकाको अधियानपुरका किसान समसुल राइनले बताउनभयो ।

धनुषाको कुर्थास्थित निर्माण भएको रेलस्टेशनबाट महोत्तरी जिल्लाका लोहारपट्टी नगरपालिकाको महदैयातपनपुर, खुट्टापिराढी, लेउरी मुसहरी, मधेपुरा, बगडा र जिल्लाकै पिपरा गाउँपालिकाको रतौली र रतनपुर जोडिएका बस्ती हुन् । भङ्गाहा नगरपालिकाको पडरिया, हरिनमरी, धर्मपुर, कबिलासा र सिङ्ग्याही एवं बलबा नगरपालिकाका भलनी, धमौरा, रौजा, बनौटा, लेउरी र अधियानपुर कुर्थाबाट नजिकका बस्ती हुन् ।

कुर्थासम्म रेल चलेपछि यातायातको सुगमता र बजारसँगको सोझो सम्बन्ध स्थापित हुने कुराले यी बस्तीमा छाएको उत्साह अहिले रेल चल्ने कुरा अनिश्चित बन्दै जाँदा अन्योल बढेको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादव बताउनुहुन्छ ।

भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दूरीमा मङ्सिर पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चाले यस भेगमा उत्साह छाएको थियो । तर, लिक परीक्षण सम्पन्न भइसकेको सो दूरीमा पनि रेल इञ्जिन र रेलका डब्बा व्यवस्था हुन नसक्दा सञ्चालन हुन नसकेको रेल विभागका अधिकारीले अहिले बताएका छन् ।

बर्दिवास–जयनगर रेल विस्तार योजनामध्ये धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको पहिलो चरणको ३४ किलोमिटर दूरीमा लिक ओछ्याइएर र परीक्षणसमेत भइसके पनि रेलका इञ्जिन र डिब्बा व्यवस्था नहुँदा सञ्चालनमा ढिलाइ भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुहुन्छ । “कुर्थादेखि जयनगरसम्मको रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेका छौँ”, महानिर्देशक मिश्रले सञ्चारकर्मीको जिज्ञासा मेट्दै टेलिफोन वार्तामा भन्नुभयो, “लिक तयार भएर परीक्षणसमेत भइसके पनि ब्रोडगेज इञ्जिन र डिब्बा व्यवस्था भइनसकेकाले सञ्चालनको कुरा अनिश्चित भएको हो ।” अहिले रकम जुटाउनदेखि इञ्जिन र रेलडिब्बा ल्याउन भएका प्रयत्नले आउने नयाँ वर्ष २०७६ को प्रारम्भसम्म रेल सञ्चालन हुनसक्ने मिश्रको भनाइ छ ।

बर्दिवास–जयनगरसम्मको ६९ किमी दूरीमा तीन चरणमा काम भइरहेको रेल विभागले जनाउँदै आएको छ । पहिलो जयनगरबाट कुर्था, दोस्रो कुर्थाबाट महोत्तरीको भङ्गाहा (बिजलपुरा स्टेशन) र तेस्रो भङ्गाहाबाट बर्दिवास रहेको छ । पहिलो चरणमा रेल प्राप्त हुनासाथ सञ्चालन हुने र दोस्रो चरणमा कुर्थादेखि भङ्गाहासम्मको १७ किलोमिटर दूरीमा लिक ओछ्याइने र एक वर्षभित्रै सेवा सञ्चालन हुने गरी काम भइरहेको रेल विभागले जनाएको छ ।

“सन् २०१९ भित्रै कुर्थादेखि भङ्गाहा (विजलपूरा स्टेशन)सम्म रेल सञ्चालन भइसक्छ” रेल विभागका प्रवक्ता अमन चित्रकारले भन्नुभयो, “विभागको तालीकाअनुसार भङ्गाहा (बिजलपुरा स्टेशन) बाट बर्दिवाससम्मको १८ किलोमिटर दूरीमा पनि सन् २०२० भित्र रेल सञ्चालन हुने गरी काम हुनेछ ।” यद्यपि बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किमी दूरीमा भने अझै जग्गा मुआब्जाको कुरा नटुङ्गिएकाले प्रवक्ता चित्रकारको भनाइअनुसार काम हुनेमा यस भेगका सर्वसाधारण आश्वस्त भने देखिँदैनन् ।

पहिलो चरणको काम सम्पन्न भएर हस्तान्तरणको तयारी रहेको, दोस्रो चरणअन्तर्गतको कुर्थादेखि भङ्गाहासम्मको खण्डमा माटो सम्याउने, ग्राबेल ओछ्याउने र पुलपुलेसा निर्माणको काम अन्तिम चरणमा रहेको विभागले जनाएको छ । यता तेस्रो चरणमा काम सम्पन्न गरिने भनिएको भङ्गाहाको बिजलपुराबाट बर्दिवासम्मको १८ किमी दूरीभित्र काम अघि बढ्न अझै अन्योल नै छ । यो दूरीभित्र जग्गाको मुआब्जा निर्धारण नै नभएकाले समयमा काम सम्पन्न हुने कुरामा संशय बढेको बर्दिवास–१४ का बासिन्दा विगतमा बर्दिवास गाविसका अध्यक्ष रहिसक्नुभएका चिरञ्जीवी हमाल बताउनुहुन्छ ।

जग्गा मुआब्जा विवाद कायमै रहेकाले सो खण्डमा काम अघि बढ्न नसकेको विभाग स्रोतले जनाएको छ । यो विवाद चाँडै नटुङ्गिए समयमै काम सक्न अप्ठ्यारो हुने विभागका प्राविधिकले भने स्वीकार गरेका छन् ।

भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । विसं १९९४ शुरु भएको विजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर(धनुषा)–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले विग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । सो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो ।

रासस
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result