Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो छः दीक्षित

माघ २९, २०७५ १२:०६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ । साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताउनुभएको छ । आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आयोजना गरेको कार्यक्रममा दीक्षितले ‘रामायण’ र ‘महाभारत’ रचना हुनुुपूर्व नै शिवपार्वतीको इतिहास नेपालमा पाइने आफ्नो अनुमान रहेको बताउनुभयो ।

 

“मेरो अनुमानलाई आधारित बनाएर खोज अनुसन्धान गर्ने हो भने नेपाली साहित्यको इतिहास झनै उच्च बन्न सक्छ”, माड्साबले भन्नुभयो । संस्कृत भाषाले मात्र नेपाली भाषाको प्रतिनिधित्व गर्न सक्ने ‘अक्षरमणि’ दीक्षितले बताउनुभयो । “नेपाली कला र संस्कृतिको इतिहास पश्चिमा संस्कृतिको भन्दा पनि उच्च छ”, उहाँले जिकिर गर्नुभयो । नेपाली साहित्यमा पश्चिम साहित्यको प्रभाव रहेकामा ९७ वर्षीय दीक्षितले असन्तोष व्यक्त गर्दै नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा लेखक तथा कलाकार हरिवंश आचार्यले दीक्षितलाई सम्पूर्ण संसार र राष्ट्रले नै सम्मान गर्दै आएको बताउनुभयो । “हामीले उहाँलाई सम्मान गरेका हैनौंँ, हामी आफैंँ सम्मानित भएका हौंँ”, उहाँले थप्नुभयो, “दीक्षितले उठाउनुभएजस्तो गहन विषय हाम्रा लागि सम्भव छैन ।” अर्का कलाकार मदनकृष्ण श्रेष्ठले व्यक्तिको उमेरभन्दा पनि सक्रियता बढी महत्वपूर्ण रहने बताउनुभयो । “उहाँलाई सम्मान गर्न पाउनु आफैंँमा एउटा सौभाग्य हो”, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री महेश आचार्यले दीक्षितले आफ्ना साहित्यमा उच्चतम मानवीय गुणको चर्चा गर्नुभएको बताउनुभयो । समालोचक लक्ष्मणप्रसाद गौतमले पूर्वीय वाङ्मयका विषयमा लेख्ने पहिलो लेखक दीक्षित रहनुभएको जानकारी दिनुभयो । “उहाँले व्यापक परिधिलाई लिएर साहित्यको रचना गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

विभिन्न नेपाली साहित्यकारलाई सम्मान गर्दै आएको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोले यस पटक दीक्षितको साहित्यिक योगदानको कदर गर्दै सम्मान गरेको संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले बताउनुभयो । “उहाँलाई सम्मान गर्न नै हाम्रो टोली आज मात्र नेपाल आइपुगेको हो”, उहाँले जानकारी दिनुभयो । एउटा कोठाभित्र कविता मात्र वाचन गर्दै आएको शाखाले आफ्नो कार्यकालमा साहित्यकारलाई सम्मान गर्दै आएको उहाँले बताउनुभयो । समाजले आफ्नो दुई वर्षको प्रगति विवरण समेटी स्मारिका पनि प्रकाशन गरेको छ ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result