Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भैरहवाको  बाल सुधारगृहबाट ६ जना कैदीबन्दी फरार

माघ २९, २०७५ १२:२१ मा प्रकाशित
Share on FacebookShare on Twitter

रुपन्देही ।  भैरहवाको बाल सुधारगृहबाट छ जना कैदीबन्दी फरार भएका छन् । गएराति करीब साढे ११ बजेको समयमा प्रहरीको आँखा छलेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शौचालयको ग्रिल र बालगृह परिसरमा लगाइएको काँडे तारको जाली हटाएर उनीहरु भागेको प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो । प्र्रहरीका अनुसार फरार हुनेमा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देहीको देवदहका १६ वर्षीय जीवन खत्री, जबर्जस्ती करणी मुद्दामै सजाय भुक्तान गरिरहेका प्यूठानका १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा सजाय भोगिरहेका बुटवल–८ का १५ वर्षीय राजेश सुनार, पाल्पा तानसेनका–१७ वर्षीय सन्दीप रणपाल, स्याङ्जा बिरुवा गाउँपालिका–१७ वर्षीय अनिश थापा र उदयपुरका १७ वर्षीय सबिन भनिने सिद्धार्थजङ्ग लामा रहेका छन् ।

फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सामान्य घरलाई सुधारगृहका रुपमा सञ्चालन गरिएको र बालगृहमा प्रहरीले हतियार बोक्न नपाउने हँुदा सहज वातावरण भएकाले कैदीबन्दी फरार भएको प्रहरीले जनाएको छ ।

सामान्य घरलाई सुधारगृहका रुपमा सञ्चालन गरिएको र बालगृहमा प्रहरीले हतियार बोक्न नपाउने हुँदा सहज वातावरण भएकाले कैदीबन्दी फरार भएको प्र्रहरी उपरीक्षक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाग्ने योजनाका साथ उनीहरुले पहिलेदेखि नै शौचालयको ग्रिल निकालेर साबुनले टालेर राखेका थिए ।”

जिल्ला प्रहरी कार्यालयले कर्तव्यपालन नगरेको आरोपमा दुई जना प्रहरीलाई निलम्बन गरेको उहाँले बताउनुभयो । १८ वर्षमुनिका पुरुष कैदी र थुनुवालाई बाल सुधारगृहमा राख्ने गरिएको छ । सुधारगृहका कैदी र थुनुवालाई बालमैत्री वातावरणअन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result