Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीनै तह मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

माघ २९, २०७५ १:५९ मा प्रकाशित
तीनै तह मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

e/tk'/ dxfgu/kflnsf–$ nªs'df /x]sf] nIdL dfWoflds ljBfnosf] %%cf}+ jflif{sf]T;jnfO{ dªunaf/ ;Daf]wg ug'{x'Fb} k"j{ /fi6«klt 8f /fdj/0f ofbj . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

Share on FacebookShare on Twitter

चितवन ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उहाँले संविधान कार्यान्वयन गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “हामी विधिविधानअनुसार लोकतान्त्रिक परम्पराअनुसार चलेका छौँ कि छैनाँै हेर्ने समय आएको छ ।” संविधान निर्माणका लागि राज्यको ठूलो मिहिनेत र कसरत रहेको बताउँदै उहाँले यसलाई संस्थागत गर्ने जिम्मेवारी सबै तहको रहेको बताउनुभयो ।

शिक्षा क्षेत्रको विकासका लागि स्थानीय जनता जागरुक हुँदै स्थानीय तहलाई घच्घच्याउनु आवश्यक रहेको भन्दै उहाँले शिक्षाले मानिसलाई नैतिक बनाउन सिकाउने बताउनुभयो । उहाँले नैतिकता नभएको मानिस रोबोटजस्तो बन्ने पनि बताउनुभयो । शिक्षाबिना विकास सम्भव नरहेको बताउँदै उहाँले शिक्षा क्षेत्रको विकासले मात्र मुलुकको विकास हुने बताउनुभयो । देशको विकासका लागि शिक्षा महत्वपूर्ण अङ्ग रहेको उहाँको भनाइ थियो ।

अहिले सामुदायिक विद्यालयमध्ये ८० प्रतिशत विद्यालय धराशायी बनेको बताउँदै उहाँले ती विद्यालयको संरक्षणका लागि सबै लाग्नु आवश्यक रहेको बताउनुभयो । देशको विकासलाई अघि बढाउनका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि मिलाएर लैजानुपर्ने यादवको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सदस्य कृष्ण भूर्तेल, मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, शिक्षा समन्वय इकाईका वीरेन्द्रजङ्ग सुवेदी, तत्कालीन जिविसका सभापति कृष्णलाल सापकोटा, भरतपुर महानगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद आचार्य लगाएतले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयले प्राविधिक शिक्षाका लागि जियो म्याट्रिक्स (सर्वे इञ्जिनीयरिङ) पठनपाठन गर्नका लागि निर्माण गरेको नयाँ भवनको समेत उद्घाटन गरिएको थियो । छकोठे दुईतले सो भवन ५६ लाखको लागतमा निर्माण गरिएको हो ।

विसं २०२० सालमा स्थापना भएको सो विद्यालयले २०४३ सालबाट प्रवेशिका परीक्षामा सहभागिता जनाउँदै आएको छ । अहिले सो विद्यालयमा एक हजार ५७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयका प्रधानाध्यापक रेशमबाबु ढकालले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका पूर्वशिक्षक, कर्मचारी, चन्दादाता, वर्तमान शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result