धनगढी । रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल)मा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हरायाे । यस अधि रुपन्देहीले महेन्द्रनगर युनाइटेडकाे चुनाैती पन्छाएकाे थियाे । रुपन्देहीकाे जितमा उसका विदेशी खेलाडी पुनित मेहराको अलराउण्ड प्रदर्शन सहयाेगि बन्याे ।
फाप्ला मैदानमा रुपन्देहीले विराटनगरबाट पाएकाे ९४ रनकाे लक्ष १४ औ ओभरमा मात्र चार विकेट खर्चेर पुरा गर्याे । विराटनगरलाई राेक्ने क्रममा तीन विकेट लिएकाे मेहराले व्याटिङ्गमा पनि भरपर्दाे प्रदर्शन गर्दै ४६ रन जाेडे । टिमकाे स्काेर तीन विकेट पतन हुदा ३.१ ओभरमा मात्र १९ रन भएकाे अवस्थामा मेहराले बाबर हायतसँग चौथो विकेटका लागि ३९ रनको साझेदारी गरे । मेहराले २७ बल खेल्दै २ चौका र ४ छक्काको मद्दतमा ४६ रन बनाए।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर पुरा ओभर खेल्दा ९ विकेट खर्चेर ९३ रनमा समेटिएकाे थियाे । विराटनगरका राजेश पुलामी मगरले १७, असादुल्लाह खानले १६, अभिनाश यादवले १२ र सांसद शेखले १० रन जाेडेका थिए । रुपन्देहीका मेहराले ३ , कप्तान बसन्त रेग्मी र ललित भण्डारीले २- २ विकेट लिए।
अर्काे खेलमा सिवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले हरायाे । धनगढीकाे याे लगातार दाेस्राे हार हाे । ९६ रनकाे लक्ष्य पछ्याएकाे धनगढी ९० रनमा समेटियाे ।
टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ खर्चेर ९६ रनकाे चुनाैति दिएकाे थियाे । अत्तरियाका लागि सन्नी पटेलले ३५ रन र जयकिसन कोल्सावाले २१ रन जोडे। धनगढीका रोहन मुस्ताफाले २ विकेट लिए भने विपिन खत्री , सोमपाल कामी र अमिर हायतले १-१ विकेट लिए।
घरेलु मैदानमा जवाफी व्याटिङ्गमा आएकाे धनगढी २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा राेकियाे । राजु रिजाले नटआउट २६ रन बनाएपनि अन्य चल्न नसक्दा टिम दाेस्राे हारकाे सिकार भयाे । अत्तरियाका भुवन कार्कीले ४ तथा सन्नी पटेलले २ विकेट लिए।







प्रतिक्रिया लेख्नुहोस्:-