काठमाडौं । सुनसरीमा भारतबाट ल्याउदै गरेको एक करोड ८२ लाख बराबरको नेपाली नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले भारतको बिहारस्थित वीरपपुर–५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफी पक्राउ परेको बताए ।
इनरुवा नगरपालिका–४ स्थित खोलाको पुलनजिकबाट नक्कली नोट सहित साफीलाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए। सवारीसाधन जाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोर्पियो रोकिएको देखेपछि शंका लागेर जाँच गरेको थियो।







प्रतिक्रिया लेख्नुहोस्:-