काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एउटा व्यक्तिलाई जेलमा कोच्दैमा समाज परिवर्तन नहुने बताएका छन् । उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन्।
कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै केसीले राज्य सञ्चालन गर्नेहरुको प्रवृत्ति सच्चिन जरुरी रहेको औंल्याए। उनले राजनीति गर्ने भनेको जसरी पनि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताउँदै उनले मान्छे बेचबिखन गर्ने सञ्जालहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे।
प्रतिक्रिया लेख्नुहोस्:-