Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डिपिएल : घरेलु टिम धनगढीको तेस्रो हार, प्ले अफ सम्भावना कमजोर

फाल्गुन १, २०७५ २:२१ मा प्रकाशित
डिपिएल : घरेलु टिम धनगढीको तेस्रो हार, प्ले अफ सम्भावना कमजोर
Share on FacebookShare on Twitter

धनगढी । धनगढी स्टार्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार तेस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा घरेलु टिम विराटनगर किंग्ससंग पनि २१ रनले पराजित भयो ।  यो हारपछि धनगढीको प्लेअफ पुग्ने सम्भावना कमजोर भएको छ । अहिलेसम्म धनगढी अंक विहीन छ । अव धनगढी स्टार्सले दुई खेल खेल्न बाँकी छ ।

 

फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै पुरै २० ओभरमा ९ विकेट गुमाएर एक सय तीन रन बनायो । विराटनगरका अभिनास यादवले सर्वाधिक २७ रन जोड्दा कप्तान करण केसीले २१ रन बनाए । यस्तै आसिफ शेखले १२ र संसद शेख ११ रन जोडे ।  धनगढीका लागि कप्तान सोमपाल कामी र विपिन कार्कीले ३÷३ विकेट लिए । सोमपालले ३ ओभरमा ८ रन खर्चिए भने विपिनले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिए । रोवीन क्षेत्रीले २ विकेट लिए ।

जवाफमा एक सय चार रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको सोमपाल कामीको धनगढी १९ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो । धनगढीका लागि सन्दीप रजालीले सर्वाधिक ३४ तथा राजु रिजालले १५ रन जोडे । अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । धनगढीलाई सस्तैमा समेट्न विराटनगरका अभिनास यादवले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिए । यस्तै कप्तान करण केसीले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट नै लिए । सुसन भारीको नाममा २ विकेट रह्यो ।

 

यस्तै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई सात रनले हरायो । काठमाडौंको यो दोस्रो जित हो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभर पुरै खेल्दै ५ विकेट क्षतीमा एक सय ३४ रन बनायो । काठमाडौंका पारीमा अंकित दबासले अविजित ६५ रन पारी खेले । दबासले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै योगेन्द्र सिंह कार्की २२ रनमा अविजित रहे । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा महेबुब आलमले १३ रन जोडे । सोनु तामाङ र गौरव तमोर १ – १ रनमा पेभेलियन फर्कदा अनिल कुमार साहले ६ रन बनाए । महेन्द्रनगरका अमर सिंह रौटेलाले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान १ – १ विकेट लिए ।

एक सय ३५ रनको लक्ष्य सहित जवाफी ब्याटिङ उत्रिएको शरद भेषावकरको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर एक सय २७ रनमा समेटियो । महेन्द्रनगरका लागि अमर सिंह रौटेलाले अविजित २८ रन जोडे । यस्तै कप्तान शरद भेषवाकरले २३ रन जोड्दा आरिफ शेखले १८ रन बनाए । आनन्द सुब्रमन्यु १५ र रोहित कुमार पौडेलले १० रन बनाएर आउट भए । काठमाडौंका राशिद खानले ३ तथा अंकित दवासले २ विकेट लिए ।

 

जितसंगै काठमाडौंले २ खेलबाट ४ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराएको थियो । महेन्द्रनगरको भने यो लगातार दोस्रो हार हो । महेन्द्रनगर पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससंग २ रनले पराजित भएको थियो । लगातार दुई हार व्यहोरेपछि महेन्द्रनगरलाई प्ले अफमा पुग्न बाँकी खेल जित्नै पर्ने दबाब बढेको छ । अंक विहीन महेन्द्रनगर पाँचौ स्थानमा छ ।

तस्वीर : आयाेजक 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result