Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उकुसमुकुस नहुन सञ्चारमन्त्री  बाँस्कोटाद्वारा काँग्रेसलाई  आग्रहः पत्रकारिताको छाता ऐन आउने

फाल्गुन १, २०७५ ३:२४ मा प्रकाशित
उकुसमुकुस नहुन सञ्चारमन्त्री  बाँस्कोटाद्वारा काँग्रेसलाई  आग्रहः पत्रकारिताको छाता ऐन आउने

dGqL uf]s'nk|;fb af:sf]6f M ;fd'bflos /]l8of] k|zf/s ;+3 -csf]/fa_ sf] /fli6«o ;Dd]ng tyf jflif{s ;fwf/0f;efnfO{ a'waf/ jL/]Gb|gu/df ;Daf]wg ug'{x'Fb} ;~rf/ tyf ;"rgf k|ljlwdGqL . t:aL/ M k|sfz clwsf/L, ;'v]{t, /f;;

Share on FacebookShare on Twitter

सुर्खेत ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ ।

 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको आज उद्घाटन  सरकारका प्रवक्ता बाँस्कोटाले यही फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुगे पनि नीति तथा कार्यक्रम र बजेट आएको छ महीना मात्रै भएकोे यस अवधिमा सरकारले थुप्रैराम्रा काम गरे पनि स्थान नपाएको गुनासो गर्नुभयो ।

 

सरकारले अघि बढाएको सामाजिक सुरक्षा योजनाको दायरामा सञ्चारगृह पनि आउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई कमजोर नदेख्न आग्रह गर्दै उहाँले चार वर्षपछि चुनावमा जानुपर्छ भनेरै कानून बनाउने र काम गर्ने प्रष्ट पार्नुभयो । “२२ वर्ष प्रतिपक्षमा बसेको अनुभव छ”, काँग्रेस प्रति लक्षित गर्दै उहाँले भन्नुभयो”, ‘प्रतिपक्षमा छ महीना बसेकै यति उकुसमुकुस, सरकार आवधिक हो तर डेमोक्रेसी आवधिक होइन, डेमोक्रेसी हामीले पनि लडेर ल्याएको हो, त्यसैले प्रदूषणको राजनीति गर्ने नगरौँ ।”

अकोराबको वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलन उदघाटन
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा बुधबार वीरेन्द्रनगरमा दमाहा बजाएर सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनको उदघाटन गदै । तस्बीर : प्रकाश अधिकारी, सुर्खेत, रासस

 

उहाँले छिट्टै फेसबुकलगायत सामाजिक सञ्जालको दर्तासमेत नेपालमै गर्न सकिने व्यवस्था हुन लागेको र नेपालको आफ्नै स्याटलाइट (भूउपग्रह) सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो । केही महीनापछि स्याटालाइट सञ्चालनसम्बन्धी सम्झौता हुने उहाँको भनाइ थियो ।

 

मिडिया अझै स्वतन्त्र र निष्पक्ष बन्न नसकेको बताउँदै सञ्चार तथा सुचना प्रविधिमन्त्री बाँस्कोटाले मिडियालाई प्रतिपक्षी नभई आलोचक बन्न सुझाव दिनुभयो । “यदि कुनै मिडियाको मिशन छ भने स्पष्ट भन्न सक्नुपर्छ, होइन भने सरकारले गरेका राम्रा कामका विरुद्ध पनि किन पूर्वाग्रह ?” उहाँले भन्नुभयो, “सरकारको त स्पष्ट मिशन छ शान्ति, लोकतन्त्र, सामाजिक न्याय, विकास र आर्थिक समृद्धि, तर पूर्वाग्रह पालेर लेख्ने मिडियाको मिशन के हो ? जनतालाई स्पष्ट पार्नुपर्छ । लहैलहैमा लागेर जनताको सपनामाथि तुषारापात गर्ने काम कसैले नगरौँ ।” उहाँले कतिपय मिडियाले पार्टी फुटाउने प्रयत्नसमेत गरेको आरोप लगाउनु भयो ।

 

उहाँले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न लागेर सरकारले कुनै गल्ती नगरेको बताउनुभयो । सरकारले मिडिया सञ्चालकको मात्र नभई त्यहाँ कार्यरत पत्रकार÷कामदारको पनि कुरा सुन्ने बताउँदै उहाँले भन्नुभयो, “यसमा सरकारले कुनै गल्ती गरेको छैन र ब्याक हुनुपर्ने कुरै छैन ।”

 

मन्त्री बाँस्कोटाले मूलधारको पत्रकारिताका चार विधा समेटेर एउटै छाता ऐन ल्याउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । उहाँले सरकारले प्रेसमैत्री  कानून बनाउनेमा शङ्का नगर्न आग्रह गर्नुभयो । आफ्नो स्वतन्त्रताको माग गर्नेले अरुको स्वतन्त्रताको पनि सम्मान गर्न सक्नुपर्छ भन्दै मन्त्री बाँस्कोटाले मिडियाले आलोचना गर्न पाउने र प्रश्न गर्न पाउने कुराको कानूनमै सुनिश्चितता गरिने प्रष्ट पार्नुभयो ।

 

सरकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी मिडिया काउन्सिल गठन तथा सबै प्रदेशमा सञ्चारग्राम निर्माण गर्ने योजना सुनाउनुभयो । यसका लागि प्रतिप्रदेश रु ५०÷५० लाख बजेट विनियोजन भइसकेको उहाँको भनाइ थियो । मन्त्री बाँस्कोटाले ज्येष्ठ पत्रकारको जीवन निर्वाहका लागि रु तीन करोडको कोष स्थापना गरिएको र त्यसलाई रु १० करोड पुर्याइने लक्ष्य रहेको बताउनुभयो । साथै उहाँले समानुपातिक विज्ञापन प्रणाली लागू गराएरै छाड्ने अठोट व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो सञ्चारमाध्यमहरुको वर्षाैंदेखिको माग हो, अब विज्ञापन बोर्ड बनाएर सरकारी विज्ञापन सबै मिडियाको वर्गीकरणका आधारमा समानुपातिक हिसाबले वितरण गरिनेछ ।”

 

सम्मेलनमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र चेतनाका हिसाबले पछाडि परेको कर्णालीको विकासमा सामुदायिक रेडियोहरुको भूमिका अविष्मरणीय रहेको बताउनुभयो । “अझ पनि थुपै्र कुरीतिहरु छन्, जातीय विभेद हटाउनु छ ”, उहाँले भन्नुभयो, “यसका लागि सामुदायिक रेडियोको सहयोग जरुरी छ ।” विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नाको विकल्प नभएको उहाँको भनाइ थियो ।

 

नेकपा स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईले मिडियाले औंल्याउदै कमजोरी ग्रहण गरेर सरकार अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । कमजोरी औ‌ल्याउँदा सञ्चारमाध्यमहरु स्वतन्त्र, निष्पक्ष एवं विनापूर्वाग्रह प्रस्तुत हुनुपर्ने सुझाव उहाँले दिनुभयो । प्रेस स्वतन्त्रताका विषयमा विश्वमा सबैभन्दा बढी नेपाल नै उदार रहेको तथ्य उहाँले प्रस्तुत गर्नुभयो । संसद्ले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी कुनै पनि कानून नबनाउने प्रतिबद्धता व्यक्त गर्दै नेता भट्टराईले मिडिया पनि जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

 

सामुदायिक रेडियोले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर आफ्ना समस्या हल गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । “स्थानीय तहले सामुदायिक रेडियोको विकास तथा प्रर्वद्धनका लागि बजेट विनियोजन गर्न पार्टीले सर्कुलर जारी गर्नेछ”, उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एव पूर्वमन्त्री हृदयराम थानीले दुई तिहाइको दम्भ देखाएर सञ्चारमाध्यमलाई अङ्कुश लगाउने प्रयत्न नगर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले सामुदायिक रेडियोहरु बन्द हुनुपर्ने अवस्था कसरी आयो भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

 

सम्मेलनमा कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाही, अकोर्याबका अध्यक्ष सुवास खतिवडा, नेपाल पत्रकार महासङ्घका सचिव रेम विश्वकर्मालगायतले सामुदायिक रेडियो निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभएको थियो । तीनदिने सम्मेलनमा देशभरका ३५० सामुदायिक रेडियोका प्रमख तथा प्रतिनिधि, रेडियो अभियानकर्मी र सञ्चार क्षेत्रका अगुवाको सहभागिता छ ।

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result