काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकामा सञ्चालित सबै यातायात नचलाउने घोषणा गरेका छन्। उनीहरुले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सवारी नचलाउने घोषणा गरेका हु्न्।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पूर्व निर्धारित कार्यक्रमलाई जोड्दै हाम्रा फागुन २ देखि सम्पूर्ण १० बुँदे मागहरू पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधनहरु बन्द हुने जानकारी गराउदछौं । ‘
उनीहरूले श्रमिकहरूमाथि आक्रमण गर्ने सबै आक्रमणकारीहरुलाई तत्काल प्रहरी नियन्त्रणमा लिई कारबाही गर्न माग गरेका छन्। यसैबीच आन्दोलनका क्रममा यातायात मजदुरहरूले प्रहरीको भ्यान जलाएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-