काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन् ।
मन्त्री महतले मंगलबार १३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा राजस्व बढेको, आर्थिक गतिविधि चलायमान भएको भन्दै अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए ।
उनले आवश्यकता हेरेर लक्ष्य निर्धारण गरे पनि बिभिन्न शीर्षकमा अप्रयाप्त रहेको धारणा राखे । स्रोतबिना यसअघि सरकारले गरेका बिभिन्न योजना र कार्यक्रममा ल्याएकोले स्रोत व्यवस्थापन गर्न कठिन भएको उनले बताए ।
मन्त्री महतले आगामी दिनमा राजस्व र आन्तरिक तथा बाह्य लगानी बढ्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-