काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषले कार्यान्वयन गरेको छ । समितिको निर्देशन बमोजिम मंगलबार नै कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्रामको जग्गा भाडामा दिएर संरचना बनाउने सम्झौता रद्द गरेको हो ।
समितिको निर्देशनपछि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको कोष कार्यकारिणी समितिको बैठकले समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-