काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दाको रुपमा प्रयोग गर्न नहुने बताएका छन् । संस्थापनइतर समुहका नेता रहेको कोइरालाले मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने उल्लेख गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-