Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिरिज जित्ने खेलाडीलाई सरकारले पाँच लाख दिने

फाल्गुन २, २०७५ ३:२७ मा प्रकाशित
यूएई बिरूद्दकाे ट्वान्टी-ट्वान्टीकाे सिरिजकाे पहिलाे खेलमा नेपाल पराजित 
Share on FacebookShare on Twitter

–कुमार चौलागाईं

काठमाडौँ । संयुक्त अबर इमिरेट्स ९युएई०मा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र टि–२० सिरिज जित्न सफल क्रिकेट खेलाडीलाई सरकारले जनही रु पाँच लाख दिने निर्णय गरेको छ ।

यही माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को सिफारिशमा सरकारले १६ जना खेलाडीलाई जनही रु पाँच लाखका दरले रु ८० लाख तथा मुख्य प्रशिक्षकलाई रु तीन लाख र सहायक प्रशिक्षक र अफिसियल एवं फिजियोलाई रु दुई÷दुई लाख गरी रु ९१ लाख प्रदान गर्ने निर्णय गरेको छ ।

युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेका अनुसार क्रिकेटमा रु पाँच लाख प्राप्त गर्ने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करण के।सी, वसन्त रेग्मी, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, प्र्रदीप ऐरी, दीपेन्द्र ऐरी, ललितनारायण राजवंशी, विनोद भण्डारी, अविनाश बोहरा, रोहितकुमार पौडेल र मोहम्मद अरिफ सेख छन् ।

त्यसैगरी मुख्य प्रशिक्षक जगत टमाटाले रु तीन लाख तथा ब्याटिङ प्रशिक्षक उमेश पट्वाल, फिजियो दिनेश भट्ट, सहायक प्रशिक्षक सुवास पात्रो र टोली व्यवस्थापक रमन शिवाकोटीलाई जनही रु दुई÷दुई लाख दिने निर्णय सरकारले गरेको छ ।

महेश्वरलाई रु पाँच लाख 

त्यसैगरी अघिल्लो महीना विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस् च्याम्पियनशीपमा नेपाललाई स्वर्णपदक दिलाएका बडीबिल्डर महेश्वर महर्जनलाई पनि सरकारले रु पाँच लाख दिने निर्णय गरेको छ । महेश्वरले थाइल्याण्डको चाङमइमा भएको १०आँै विश्व च्याम्पियनशीपमा अघिल्लो महीना स्वर्ण जितेका थिए । महर्जनले गत पुस १ गते थाइल्याण्डमा सम्पन्न वल्र्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए ।

फुटबल खेलाडीले पनि पाउने 

यसैबीच नेपाली राष्ट्रिय फुटबल खेलाडीले तीन वर्षअघि सरकारले दिने घोषणा गरेको पुरस्कारबापतको रकम पाउने भएका छन् । तीन वर्षअघि भारतमा सम्पन्न १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलमा स्वर्ण पदक जित्ने खेलाडीलाई तत्कालीन सरकारले जनही रु पाँच लाख दिने घोषणा गरे पनि त्यतिबेला खेलाडीले रु दुई÷दुई लाख मात्र प्राप्त गरेका थिए । बाँकी तीन लाख भने अब पाउने भएका छन् ।

युवा तथा खेलकूद मन्त्रालयका अनुसार केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री रहनुभएका बेला घोषणा गरिएको उक्त रकम खेलाडीले पाउन सकेका थिएनन् । अहिले उहाँनै प्रधानमन्त्री भएका बेला खेलाडीले उक्त रकम पाउने भएका छन् ।

मन्त्रालयका अनुसार उक्त प्रतियोगितामा सहभागी भएका २० खेलाडीलाई बाँकी रहेको जनही रु तीन÷तीन लाख सरकारले उपलब्ध गराउनेछ । रु तीन लाख पाउने खेलाडीमा विकेश कुथु, एलान न्यौपाने, अमृत चौधरी, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, कमल श्रेष्ठ, मानबहादुर तामाङ, जगजीत श्रेष्ठ, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुनिल बल, रञ्जन विष्ट, सुमन लामा, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्तीमगर रहेका छन् ।

रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result