Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गोर्खा सैनिकका मागका विषयमा ध्यानाकर्षण

फाल्गुन ३, २०७५ ३:१७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले बेलायतसँग गोर्खा सैनिकका माग र समस्याका विषयमा ध्यानाकर्षण गराउनुभएको छ । उहाँसँग नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले आज गर्नुभएको शिष्टाचार भेटमा बेलायती सेनाबाट अवकाश प्राप्त भूूतपूर्व गोर्खा सैनिकले उठाउँदै आएका माग र समस्याका बारेमा छलफल गर्नुभएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिनुभयो ।

भेटमा नेता भट्टराईले नेपाल–बेलायत सरकारबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल–बेलायतबीचको सम्बन्धको एउटा कडी गोर्खाको समस्या र मागका विषयमा राजदूतको ध्यानाकर्षण गराउनुभयो । सन् १८१६ को सुगौली सन्धिपछि आजसम्म नेपाली युवा बेलायती सैनिकमा भर्ना भएर काम गरिरहेको तर उनीहरुमाथि विभेद रहेको उल्लेख गर्दै सांसद भट्टराईले समस्या सम्बोधनका निम्ति पहल गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद भट्टराईले नेपाली युवाले बेलायती सेनामा भर्ना भएर दिएको योगदान र बलिदानको स्मरण गराउँदै गोर्खा सैनिकमाथिको विभेद अन्त्य गर्नुपर्नेमा जोड दिँदै १ जुलाई १९९७ अघि सेवानिवृत्त गोर्खा सैनिकका पेन्सनमा विभेद रहेको हुँदा गोर्खाको पेन्सन पनि बेलायती नागरिकसरह बनाउन ध्यानाकर्षण गराउनुभयो ।

गोर्खाको अभियान र आन्दोलनपछि १ अक्टोबर १९९३ पछि भर्ती भएका गोर्खाको पेन्सन र तलब सन् २००७ अप्रिल १ बेलायती नागरिक समान बनाएको थियो । उक्त समस्या सम्बोधन गर्न ३० मार्च २०१७ मा बेलायत सरकार, नेपाल सरकार र गोर्खाको प्रतिनिधि सहभागी प्राविधिक समिति बन्नु सकरात्मक भएको उल्लेख गर्दै नेता भट्टराईले त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदनअनुरुप गोर्खाको माग सम्बोधनका गरिनुपर्नेमा जोड दिनुभयो ।

त्रिपक्षीय प्राविधिक समितिले गत २२ मार्च २०१८ ब्रिटिश सरकारले नेपाल सरकारलाई बुझाएको उल्लेख गर्दै सांसद भट्टराईले ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले एक महीनाभित्र बेलायत र नेपाल सरकारस्तरीय वार्ता समिति बन्ने र माग सम्बोधन गरिने बताएको समेत स्मरण गरानुभयो । दुई देशबीचको उच्चस्तरीय वार्ता समिति बनाएर गोर्खाको माग सम्बोधन गरिनुपर्ने उल्लेख गर्दै नेता भट्टराईले गोर्खा सैनिकको पेन्सन ‘भारतीय रिजर्भ बैंक’ मार्फत आएको भन्दै सिधै नेपाल राष्ट्र बैंकमा पठाउन ध्यानाकर्षण गराउनुभयो ।

गोर्खा सैनिकलाई नेपालमै बेलायत सरहको स्तरीय स्वास्थ्य सुविधा, कटौतीमा परेका गोर्खालाई पेन्सनको व्यवस्था, युद्धपीडितलाई क्षतिपूर्ति र सम्मान, अमेरिकाको हवाई काण्डका पीडितलाई क्षतिपूर्ति, गोरखा कल्याणकारी कोषको रकम गोर्खाका हितमा प्रयोगलगायत विषयमा राजदूतसँग कुराकानी भएको थियो ।

बेलायतले एकतर्फी रुपमा नेपाली महिला बेलायती सेनामा भर्ती गर्ने घोषणाका बारेमा चासो राख्दै सांसद भट्टराईले दुई देशबीच छलफल नगरी महिलाको भर्ना गरिनु नहुने विषय उठाउनुभएको थियो । सांसद भट्टराईले २०७५ साल माघ २५ गते संसद्मा गोर्खाहरुको समस्या सम्बोधनका निम्ति नेपाल सरकार र बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो ।

राजदूत रिचार्डले गोर्खा सैनिकहरुको योगदानको कदर गर्दै आफूले त्यस विषयलाई गम्भीरतापूर्व लिएको बताउनुभयो ।
रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result