काठमाडौं । विशेष अदालतले ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जग्गा जफत ठहर गरेको छ।
विशेष अदालतका सदस्यहरु डा खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए।
उनका अनुसार, जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन। उनीहरुको जग्गा जफत हुनुपर्ने माग सरकारले गरेको थियो।
विशेषले उक्त प्रकरणमा रामकुमार सुवेदी र शोभकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गर्ने फैसला सुनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-