काठमाडौं । एमसीसी परियोजनाको विरोध गर्न साना ६ दलले संयुक्त रुपमा आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै देखिएको छैन ।
वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टीलगायत दलले बन्द आहन गरेका थिए ।
सडकमा निजी र सार्वजनिक सवारीसाधन उल्लेख मात्रामा चलेका छन् । पसल, व्यापार–व्यवसाय निर्वाध रूपमा सञ्चालनमा छ । केही विद्यालयमा अनलाइनबाट पठनपाठन गराइँदै छ ।
बन्दकर्ताको आंशकामा काठमाडौंका विभिन्न स्थानबाट १८ जनलाई पक्राउ गरिएको छ । आज बिहान ८ बजेसम्म १८ जनलाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-